बाहुण्डाँगी । हेटौंडा लेडी जेसीजले आयोजना गरेको मिसेस मकवानपुर (२०१९ ) को ताज हेटौंडा ११ निवासी सिमा तिमल्सिना कार्कीले जितेकी छिन । शनिवा हेटौंडामा भएको फाइनल राउण्डमा उनले ११ प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएकी हुन् । विजेता संगसंगै उनले दुइवटा टाइटल समेत जित्न सफल भइन, । उनले मिसेस भ्युअर च्वाइस र मिसेस कन्फ्रीडेण्ट टाइटल जित्न सफल भइन । उपाधिसँगै उनले नगद ३० हजार, अवार्ड र ताज पहिरिन् ।
प्रतियोगिताको फस्ट रनरअप हेटौंडा ४ की लिलु पुलामी मगर भइन, भने सेकेन्ड रनरअप हेटौंडा १४ की माया घलान भइन । फस्ट रनरअपले २० हजार र सेकेन्ड रनरअपले १५ नगद सहित प्रमाणपत्र, अवार्ड र ताज प्राप्त गरेका थिए ।
साहित्यकार र प्राध्यापक निमेष निखिलको संयोजकत्वमा पाँच जनाको निर्यायक मण्डलले पहिलो चरणमा १२ जना बाट ९ जनामा प्रतिस्पर्धी छनौट गरिएका थिए । जसमा सपना लामा, एलिना मानन्धर र अमिता चौधरी बाहिरिए । त्यस लगतै ९ जनाबाट ५ जना प्रतिस्पर्धी छनौट गर्दा संगीता जोशी डंगोल,जानुका सापकोटा,अस्मिता पराजुली र सुनिता तामाङ मानन्धर बाहिएि । उनीहरु बाहिरिए पश्चात उत्कृष्ठ पाँचमा नितु दाहाल, रोजी विडारी, सिमा तिमल्सिना कार्की, तिलु पुलामी मगर र माया घलान बीच प्रतिस्पर्धा गराइएको थियो ।
यी हुन विभिन्न टाइटल हात प्रतिस्पर्धीहरु
मिसेस ट्यालेन्ट टाइटल( रोजी विडारी
मिसेस क्याटवक टाइटल( अस्मिता पराजुली
मिसेस डिसिल्पिन टाइटल (नितु दाहाल
मिसेस फोटोजेनिक टाइटल (सुनिता तामाङ मानन्धर
मिसेस वेस्ट स्माइल (जानुका कार्की सापकोटा,
मिसेस फ्रेन्डली टाइटल (अमिता चौधरी
मिसेस कन्फिडेन्ट टाइटल (सिमा तिमल्सिना कार्की
मिसेस वेस्ट स्किन टाइटल (एलिना मानन्धर
मिसेस वेस्ट डान्सर टाइटल (माया घलान
मिसेस वेष्ठ हेयर टाइटल( सपना लामा, ्
मिसेस क्रियटिभ टाइटल (लिलु पुलामी मगर
मिसेस पपुलर टाईटल (संगीता जोशी डंगोल
मिसेस पर्सनालिटी टाइटल (अस्मिता पराजुली
मिसेस भ्युअर च्वाइस टाइटल (सिमा तिमल्सिना कार्की
विभिन्न टाइटल जित्नेहरुले ताज सहित प्रमाण पत्र र अवार्ड हात पारेका छन, । हेटौंडा लेडी जेसीसका अध्यक्ष शुष्मा लटौला खरेलको अध्यक्षतामा भएको मिसेस मकवानपुर कार्यक्रमकमा नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष महेश पौडेलको प्रमुख अतिथ्यता रहेको थियो । हेटौंडा लेडि जेसिसले आयोजना गरेको यो कार्यक्रम चौथो संस्करण रहेको शाखाकी निवर्तमान अध्यक्ष अस्मिता श्रेष्ठले बताईन, । कार्यक्रममा नेपाल जेसीजका पदाधिकारी, छिमेकी शाखाका अध्यक्ष तथा स्थानीय संघ संस्थाको बाक्लो सहभागिता रहेको थियो । स्मरण रहोस् यो प्रतियोगिता मकवनापुर जिल्लाकै उत्कृष्ट प्रतियोगिताहरु मध्येको एक हो ।