बाहुण्डाँगी । दुहवी जेसीजको वर्ष २०१९ को जेसीज सप्ताह बुधवारबाट सुरु भएको छ ।
सप्ताहको उद्घाटन समारोहमा लागुपदार्थ दुर्व्यसन तथा साइबर अपराध बिरूद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको थियो । लागु पदार्थ दुव्र्यशन तथा साइबर अपराध सम्बन्धी इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी प्रमुख प्रविन कार्कीले प्रशिक्षण गरानु भएको थियो ।
सरस्वती माविमा आयोजित सप्ताहको उद्घाटन दुहवी नगरपालिकाकी उपमेयर सुनिता दाहाल शाहले गर्नु भएको थियो । शाखाका अध्यक्ष संतोष कुमार सिंहको अध्यक्षता तथा दुहवी नगरपालिका उपप्रमुख सुनिता दहाल साहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सरस्वती माविका प्रधानाध्यापक नागेन्द्र लाल देव , शाखाकी निवर्तमान अध्यक्ष कञ्चन झा, संस्थापक सदस्य सुभाष चन्द्र अग्रवाल, सिद्धार्थ बैंक दुहवी प्रमुख दिनेश कोइरालालगायतले बोल्नु भएको थियो ।
मुल संयोजक दिपेश राउतले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । जेसीज आस्था जुनियर जेसी प्रनिता शाहीले गर्नु भयो धन्यवाद ज्ञापन वन्दना रौनियार, कार्यक्रम संयोजक युवराज चौधरी रहनु भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव नविन रौनियारले गर्नु भएको थियो ।