काठमाडौं । रोज बहिनी सृजनशिल महिला समाजको प्रदेश नम्बर ५ को सँयोजकमा सृजना घर्तीमगरमनोनित भएकी छिन् । मगरलाई रोज बहिनी विद्यालय स्वास्थ्य परियोजनाका साथै प्रदेश सँयोजकमा मनोनित गरिएको समाजका अध्यक्ष विजयश्री रेग्मी भण्डारीले जानकारी दिईन् ।
समाजले रोजबहिनी आमा समाज, मजदुर समाज, किसान समाज, लगायत किशोरी क्लब गठन गर्दै महिला बालबालिका तथा किशोरी स्वास्थ्य शिक्षा सुरक्षा लगायतको क्षेत्रमा काम गर्दै आएको समाजका सँरक्षक माधव प्रसाद भण्डारीले बताए । रोज बहिनीको सामाजिक कामलाई देशब्यापी बनाउदैं लैजाने योजना रहेको भण्डारीको भनाई रहेको छ ।