• उर्लाबारी, ११ पुस । मोरङ क्षेत्र नम्बर १ (क) का प्रदेश सांसद कुशल लिम्बूले लालपूर्जा र सुकुम्बासी समस्या समाधान गर्न नीति नै निर्माण गरी अघि बढ्ने बताउनु भएको छ ।

    विज्ञापनउर्लाबारी वडा नं. ८ स्थित बगर टोल, चौधरी टोल र सन्थाल टोलमा आज भेटघाट कार्यक्रम गर्दै उहाँले सो कुरा बताउनु भएको हो । लालपूर्जा र सुकुम्बासी समस्या देशभरी नै रहेको उल्लेख गर्दै नीति निर्माण गरी समस्या समाधान गर्न आफ्नो तर्फबाट पहलकदमी गर्ने सांसद लिम्बूले प्रतिबद्धता जनाउनु भएको छ ।



    उहाँले भन्नुभयो –‘सुकुम्बासीको समस्या छ भने बर्षाैदेखि जोतभोग गर्दै आएको जग्गाको अझैसम्म लालपूर्जा छैन, त्यसका लागि नीति नै निर्माण गर्नु पर्छ ।’ भूमिहीन तथा विपन्न लक्षित वर्गहरुलाई जनताको आवास घर कार्यक्रमअन्तरग घर निर्माण गर्ने आफ्नो योजना रहेको उहाँले सुनाउनुभयो । सडक, विजुली वत्तीदेखि गाउँमा स्वास्थ्यको पहुँच पुर्याउन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । उक्त टोलबासीहरुको गुनासो सुन्दै सांसद लिम्बूले जनताका अधिकार स्थापित गराउने सवालमा आफूले जस्तोसुकै मूल्य चुकाउन पनि पछि नपर्ने बताउनुभयो । आज सांसद लिम्बूले उर्लाबारी–८ र ९ का विभिन्न बस्तीहरुमा पुगेर वस्तुगत अवस्थाका बारेमा जानकारी लिनुको साथै वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्की, वडा नं. ९ का वडाध्यक्ष बमबहादुर फ्याकसँग छलफलसमेत गर्नुभएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…