• किसोर श्रेष्ठ

    उर्लाबारी, ११ पौष । पछिल्लो समय बढ्दै गएका सडक दुर्घटनाको मुख्य कारण सवारी चालकको लापरबाही नै रहेको मोरङ ट्राफिक प्रमुख प्रहरीको निचोड छ ।

    मंगलबार मोरङको उर्लाबारीमा नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले आयोजना गरेको सडक सुरक्षा सप्ताह २०७४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै  प्रहरी निरीक्षक मदन गिरिले चालकको लापरबाही नगरे दुर्घटना कम हुने बताएका हुन्। उनले सडक दुर्घटनाको ७५ % कारण सवारी चालकको लापरबाहीले हुने गरेको र दिनानुदिन सडक जोखिमपूर्ण बन्दै गएकाले बिहान घरबाट निस्केको आफन्त बेलुकी सुरक्षित घर नफर्केसम्म परिवारमा चिन्ता बढ्ने गरेका बताए।

    प्रहरीका अनुसार आर्थिक वर्ष २०७३/७४ मा मात्रै ४३४ सवारी साधन दुर्घटना भए। सवारी साधनको संख्यामा वृद्धि, सडक अतिक्रमण, सवारी साधनको कमजोर अवस्था, सडक पुर्वाधार नहुनू, ट्राफिक नियमको ज्ञान नहुनु लगायतका कारणले गर्दा सडक दुर्घटना बढ्दै गएको बताईएको छ।

     उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बढ्दै गएको सडक दुर्घटनालाई न्यूनीकरण गर्न सडक सुरक्षा सप्ताह कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा राखेको बताए। यस किसिमका कार्यक्रममा उर्लाबारी नगरपालिकाको सदैव साथ, सहयोग हुने मेयर फागोले प्रतिबद्धता जनाएका थिए । उर्लाबारी नगरपालिकाले नगरमा ब्लड बैंक स्थापनाका लागि चालु आर्थिक वर्षमा ५ लाख रुपैयाँ विनियोजन गरेको पनि मेयर फागोले जानकारी गराएका थिए ।

    मोरङ जिल्लामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले जिल्लाका विभिन्न शहरहरुमा सडक सुरक्षा कार्यक्रम, जेब्राक्रस निर्माण, सडक सुरक्षा अभिमुखिकरण लगायतका कार्यक्रम गर्दै आएको नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका सभापति सुबोध कुमार सिंहले बताए।

    उर्लाबारीमा ब्लड बैंक स्थापनाको अन्तिम चरणको कार्य भइरहेको कार्यक्रमका सभापति तथा नेपाल रेडक्रस सोसाइटी उर्लाबारी शाखाका सभापति मदनबाबु प्रसाइले जानकारी गराए।

    कार्यक्रममा २४ जना पुर्ब प्रशिक्षार्थीहरुलाई रिफ्रेसर फस्ट एड तालिमको पनि आयोजना गरिएक थियो । तालिमलाई सुरेन्द्र गिरि, उद्वब कुमार कार्कीले सहजीकरण गरेका थिए भने सडक सुरक्षा सप्ताह २०७४ लाई सफल बनाउन युवा रेडक्रस सर्कल उर्लाबारीले महोत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…