• काठमाडौं। अब घण्टौसम्म लार्इनमा बसेर सवारीचालक अनुमतिपत्र (लार्इसेन्स)को फम भर्ने दिन सकिएको छ। आगामी माघ बाट देशैभरिका सबै यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्र (लार्इसेन्स)का लागि अनलार्इन आवेदन दिन सकिने छ।

    एक महिनाभित्र तयारी सकेर सबै यातायात कार्यालयमा अनलार्इन फर्म अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टरार्इले जानकारी दिए।उनले एक महिनापछि देशभरिका सबै कार्यालयमा अनलार्इन आवेदन दिन सक्ने दाबी गरेका छन्। यसैका लागि विभागले काम गरिरहेको बतार्इएको छ।

    यस अघि आम मानिस घण्टौसम्म पनि लार्इनमा बसेर बल्लतल्ल लार्इसेन्सको फर्म भर्ने गर्दथे। विभागले यस अघि नै काठमाडौमा भने लार्इसेन्सका लागि अनलार्इन फम भर्न सक्ने व्यवस्था गरिसकेको छ तर काठमाडौ बाहिर भने यो सेवा थिएन।

    देशैभरिबाट अनलार्इन आवेदन दिएपनि ट्रायलका लागि काठमाडौ नै आउनु पर्दथ्यो अब भने सबै यातायात कार्यालयमा  अनलार्इन आवेदन दिएर लार्इसेन्स लिन सकिने व्यवस्था गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ।

    देशैभर अनलार्इन फम को व्यवस्था भएपछि लार्इसेन्स लिनका लागि सर्वसाधरणलार्इ हुने गरेको सास्ती कम हुने यातायात व्यवस्था विभागले जनाएको छ। विभागको वेवसार्इटमा गएर अनलार्इन आवेदन दिन सकिन्छ।

    फर्म कसरी भर्ने यस्तो छ प्रक्रिया 
    अनलार्इन आवेदन दिनका लागि यातायात व्यवस्था विभागको (डब्लु डब्लु डब्लु डट डिओटिम डट जीओभी डट एनपी) वेबसार्इट खोल्नुपर्छ । वेबसार्इटको होम पेज खुल्छ। आवेदकले होम पेजमा यातायात व्यवस्था विभागको चिनारी मुनी रहेको  ‘सवारी चालक अनुमति पत्र’ लिंकमा क्लिक गर्नुपर्दछ।

    त्यहा ‘ड्रार्इभिङ लार्इसेन्स अनलार्इन’रजिस्ट्रेसनमा क्लिक गर्नुपर्छ। त्यसपछि ‘सिटीजनसिप’मा नेपाल छानेर प्रोसिड गर्नुपर्छ। त्यसपछि त्यहा खुल्ने डेमोग्राफिक डिटेलमा आफ्नो व्यक्तिगत विवरण भर्नुपर्दछ।

    त्यसपछि त्यहा मागेको स्थायी ठेगाना,जन्म मिति,आफुले कुन चाहि वर्गको सवारी साधनका लागि आवेदन दिन लागेको हो त्यसको वर्ग,आफुले आवेदन दिन लागेको, अञ्चल, लार्इसेन्स कार्यालय छान्नुपर्दछ। अनलार्इनले मागेको सबै विवरण भरी सबमिटमा क्लिक गर्नुपर्दछ।

    अनलार्इनमा फर्म भरेर विभागको सिस्टमले एक्सेप्ट गरेपछि आवेदकले भरिएको पेपर प्रिन्ट गरी आफुसंग राख्नुपर्छ।तोकिएको समयमा आवेदक उक्त फर्म सहित बायोमेट्रिक दिनका लागि सम्वन्धित यातायात कार्यालयमा पुग्नुपर्छ।बायोमेट्रिकमा आवेदकको फोटो खिच्ने, औंठाको छाप लिने लगायतका कामहरु गरिन्छ।

    अनलार्इनमा आवेदन दिएपछि सिस्टमले नै विभागको कार्यालयमा कहिले उपस्थित हुने भनेर सूचना दिन्छ। त्यसपछि फर्म, आफ्नो नागरिकता र अन्य कागजातका साथमा उपस्थित हुनुपर्छ।

    अनलार्इन आवेदन कार्यान्वयनमा आएपछि यातायात कार्यालयमा हुने गरेको अनियमितता र अव्यवस्था हटने विभागले जनाएको छ।त्यसै गरि विचौलियाहरुको चलखेल पनि अन्त्य हुने अपेक्षा गरिएको छ।

    त्यसै गरी  सर्वसाधरणले अनलार्इन सेवा कार्यान्वयनमा आएपछि लार्इसेन्सका नाममा सास्ती खेप्नु नपर्ने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टरार्इले दाबी गरेका छन्।

     

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…