बाहुण्डाँगी । साँखु जेसीज वर्ष २०१९ को जेसीज सप्ताह भव्य रुपमा सम्पन्न भएको छ । सप्ताह समापन समारोहकोेमा काठमाडौं क्षेत्र नं २ का प्रदेश सभासद माननीय मणिराम फुयांलले सम्बोधन गर्नु भएको थियो । सभासद फुयालले सामाजिक रुपान्तरणमा जेसीज युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै आर्थिक समिद्धिसहित राष्ट्र परिवर्तनमा युवाहरुलाई अघि बढ्न आग्रह गर्नु भयो । ऐतिहासिक भूमि सांखुमा रहेको सांखु जेसीजले विभिन्न समयमा रचनात्मक काम गर्दै समाज परिवर्तनमा ठूलो भूमिका निर्वाह गरेको बताउँदै युवाहरुलाई अझ रचनात्मक बनाउँदै अघि बढ्न आग्रह गर्नु भयो ।
सप्ताह अन्तरग असार २३ गते सुष्मा कोइराला हस्पिटल का बिरामिहरु को शिघ्र स्वस्थ्य लाभ को कामना सहित फलफुल बितरण गर्दै सुरु भएको थियो । असार २७ गते धुलिखेलको माउन्टेन भ्यु रिसोर्टमा केक काटि आफ्नो बार्षिकउत्सोव मनाएका थियो । यसैगरी सप्ताहमै रक्तदान , बृक्षारोपण, क्लोरिनेशन, तालिम,फुटसल सहित बिभिन्न कार्यक्रम गरि सप्ताह समापन गरेको हो ।
समापन कार्यक्रममा बिशिष्ठ अतिथि शंखरापुर नगरपालिका का मेयर सुबर्ण श्रेष्ठ हुनुहुन्थ्यो । विशेष अतिथिमा नेपाल जेसिज क्षेत्र “ग“ का लागि निरुपित कार्यकारिणी उपाध्यक्ष जेसि अमिष ढकाल, निरुपित उपाध्यक्ष जेसि भोजराज चांपागाइ हुनुहुन्थ्यो । सांखु जेसीजका वर्ष २०१९ का अध्यक्ष रामेश्वर ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्ष, विभिन्न शाखाका अध्यक्षहरु तथा सहभागिलाई धन्यवाद ज्ञापन शाखा अध्यक्ष ढकालले गर्नु भएको थियो । कार्यक्रमका संयोजक जेसि श्रिराम खड्का मुल संयोजक जेसि गणेश दुलाल र सबै कार्यक्रमका संयोजकहरुले आ आफ्नो कार्यक्रमक बारे जानकारि गराउनु भयको थियो ।उक्त कार्यक्रममा रक्तदाता हरुलाइ प्रमुख अतिथिले प्रमाणपत्र प्रदान गर्नु भयको थियो ।