• देबु बानियाँ
    बाहुण्डाँगी । यहि भदौ ६ र ७ गते हुने क्षेत्र ‘ख’ को क्षेत्रीय सम्मेलनमा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेल आउने हुनु भएको छ ।
    नेपाल जेसीजको आयोजना र बस्तीपुर जेसीजको आतिथ्यतामा हुने दुई दिने सम्मेलनको उद्घाटन गर्नका लागि मुख्य मन्त्री पौडेल आउने कार्यक्रम तय भएको आतिथ्यता शाखा बस्तीपुर जेसीज वर्ष २०१९ का अध्यक्ष सुनिल अधिकारीले बताउनु भयो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा सहभागि हुने मुख्य मन्त्री पौडेलले हेटौँडा ५ स्थित पुजा व्याङक्वेटमा हुने सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसैगरी सम्मेलनमा सहभागी हुनका लागि नेकाबाट निर्वाचित सांसद इन्द्रबहादुर बानियाँ र नेकपाबाट निर्वाचित सांसद तथा प्रदेश पर्यटनमन्त्री अरुण नेपाल आउने अध्यक्ष अधिकारीले जानकारी दनु भयो । उहाँहरुले सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन समेत गर्नु हुनेछ ।
    सम्मेलनको अर्काे महत्वपूर्ण कार्यक्रमका रुपमा हेरिन थिम सेमीनारका लागि समेत वक्ताहरु निश्चित गरिएको छ । थिम सेमीनारका लागि पूर्व जलस्रोत राज्य मन्त्री तथा नेकाका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्य, नेकपाका प्रल्लाहद लामिछाने र राप्रपा नेपालका महामन्त्री तथा राप्रपाका एक मात्र सांसद राजेन्द्र लिङ्देन आउनु हुनेछ । उहाँहरुले नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलको प्रकरण ‘राइज टु लिड’ का विषयमा आफ्नो विचार राख्नुहुनेछ । यसैगरी, सम्मेलनका विषेश वक्ताका रुपमा सांसद रामनारायण विराडी र अरुणदास सुमाग्रीको समेत सहभागिता हुने सम्मेलन निर्देशक गणेश भेटवालले बताउनु भयो ।
    यसैगरी, आतिथ्यता शाखा बस्तीपुर जेसीजले सम्मेलनको ९५ प्रतिशत काम सम्मपन्न भएको बताएको छ ।
    आइतवार हेटौडामा सम्पन्न पत्रकार सम्मेलनमा आउँदै गरेको एरिया सम्मेलनको लगभग सबै काम पुरा भएको जानकारी गारइएको थियो ।
    सम्मेलनमा सहभागि हुन एरिया बि का ३२ वटा शाखा सहित देशका विभिन्न जिल्लाबाट करिब ७ सयको सहभागितामा हेटौँडमा सहभागि हुनेछन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…