• देबु बानियाँ
    बाहुण्डाँगी । विराटनगर जेसीजले आयोजना गरेको प्रदेश नम्बर १ को गाइजात्रा विशेष कार्यक्रमले शनिवार विराटनगरको माहोल फरक बनाइदियो । शनिवारको विदाका कारण पनि सरकारी सेवामा कार्यरत अधिकांश कर्मचारीहरु गाइजात्रा हेर्नका लागि सभागृह हल पुगेका थिए । ‘गाइजात्रा प्रदेश प्रदेशमा’ भन्ने अभियान लिएर पहिलो पटक काठमाडौँबाट पूर्व आएको ब्राण्डबर्थ प्रालि गाइजात्रा टोलीलाई भव्य स्वागत सहित सभागृह हलमा खचाखच मानिसहरुले मनोरञ्जन लिए । गाइजात्रा कार्यक्रमको उद्घाटन प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले गर्नु भएको थियो । गाइजात्रा हेर्नका लागि प्रदेशका विभिन्न मन्त्री, सांसद, मेयर, सामाजिक अभियान्ता, यस क्षेत्रका जेसीज अभियान्ताहरुको बाक्लो सहभागिता रहेको थियो । प्राय कार्यक्रम भइरहने यस सभागृहमा भएको गाइजात्राले हल खचाखच भएको थियो । गाइजात्रा कलाकार मनोज गुजरेल, शैलेन्द्र सिम्खडा, सरेन्द्र केसी (मुलाको साग), रबि डंगो, यमन श्रेष्ठ, पूर्ण थापा, शिवशंकर रिजाल, सुबोध गौतम, सन्ध्या बुढा (काउली बुढी), सुमन कार्की, रुविना अधिकारीले गाइजात्राका माध्यमबाट दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए ।
    आयोजक विराटनगर जेसीजका अध्यक्ष सेवक बजगाईले आफुले सोच भन्दा उत्कृष्ट रुपमा गाइजात्रा कार्यक्रम सम्पन्न भएको र दर्शकले अत्याधिक साथ दिनु भएको बताउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भयो । यसैगरी, गाइजात्रा अभियानका प्रमुख मनोज गजुरेलले विराटनगर जेसीजले हामी कलाकारहरु प्रति गरेको सदभाव र माया सधैँ रहिरहने बताउँदै जेसीज अभियान्ताहरुलाई आभार व्यक्त गर्नु भयो । उहाँले जेसीज युवाहरुको साथमा जस्तो सुकै कार्यक्रम पनि गर्न सकिन्छ भन्ने उदाहरण यो अभियानले पाएको बताउनु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…