• काठमाडौं, २ भदौ । १६ दिनअघि नेपाली संचारमाध्यममा युवा नेता योगेश भट्टराई मन्त्री भएको विषयले संचारमाध्यम छायो ।

    १८ महिनाअघि नै योगेश मन्त्री हुने चर्चा रहे पनि १६ दिनअघि मात्र उनले मन्त्री बन्ने अवसर पाए । किनभने नेकपाभित्र तुलनात्मक रुपमा सरकारको बढी आलोचक थिए भट्टराई ।

    ‘काम देखाउने मान्छे बोल्न डराउँछ’ भट्टराईले संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्रीको जिम्मेवारी सम्हालेसँगै कांग्रेस युवा नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले लेखेका ट्विट पनि सामाजिक सञ्चालन र अनलाइन मिडियामा बढी नै चल्यो ।

    थापाले भट्टराईको सफलता पार्टीको मात्रै सफलता नभर समग्र युवा पुस्ताको सफलता भएको स्मरण गराएका थिए । योगेश भट्टराईको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी सफलतापूर्वक पूरा होस् ।

    मन्त्रीको रुपमा तपाईको सफलता तपाई र तपाईको पार्टीसँग मात्र होइन, हाम्रो पुस्ताको राजनीतिकर्मीहरुप्रतिको आशा र विश्वाससँग जोडिएको छ । मुरीमुरी शुभकामना, गगनले आफ्नो स्टाटसमार्फत दिएको शुभकामनामा लेखका थिए ।

    भट्टराईले युवा पुस्ताका राजनीतिकर्मीहरुप्रतिको आशा र विश्वास बढाउने गरी काम गर्लान् वा गर्न नसक्लान् । तर, संस्कृति पर्यटन तथा नागरिक उड्डडन मन्त्रालयका कर्मचारीहरुले भने मन्त्री योगेश भट्टराईको कार्यशैलीको टिप्पणी गर्न सुरु गरिसकेका छन् ।

    काममा भन्दा बढी प्रचारमा लागेको आरोप योगेशमाथि छ । १५ दिनको अवधिमा भट्टराईले भनेका कतिपय काम आमसर्वसाधारणले पत्याउन नसक्ने किसिमका छन् भने कतिपय उरान्ठेउला निर्णयको कारण योगेशमाथिको अपेक्षामा असर परेको देखिन्छ ।

    निश्चित दिनको कामलाई हेरेर कार्यकालभरी कस्तो काम गर्ने भन्न नसकिएला तर काम देखाउन खोज्ने मान्छे बोल्न डराउँछ, पर्यटन क्षेत्रका एक व्यवसायीले भने ।

    २० हजार व्यवसायीलाई सपथ
    १६ दिनअघि मात्रै मन्त्री पदको सपथ लिएका भट्टराईले सार्वजनिक कार्यक्रममै २० हजार व्यवसायीलाई सपथ खुवाइने जानकारी गराएका थिए ।

    नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन २० हजार पर्यटन व्यवसायीलाई खाकासहित टुँडिखेलमा राखेर सपथ गराइने उनले बताएका हुन् ।

    भिजिट नेपाल २०२० कार्यक्रम नेपालको पर्यटन क्षेत्रका लागि जीवनमरणको सवाल भएको भन्दै उनले प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा व्यवसायीहरुलाई सपथ गराउने दाबी गरेका छन् ।

    काम गर्ने भन्दा चर्चाको लागि काम
    मन्त्री हुँदा नेताले लिएको सपथ भनेको व्यवसायीले आफ्नो व्यवसायलाई दीर्घकालीन रुपमा टिकाउन काम गर्नु जस्तै हो, एक पर्यटन व्यवसायीले भने, दीर्घकालीन रुपमा टिकाउन राम्रो काम गर्नै पर्ने हुन्छ, यहाँ सरकारले सपथ दिलाएर हुने केही हैन, यस्ता विषयले मन्त्रीलाई कमजोर बनाउनेबाहेक अरु कही उपलब्धि हुँदैन ।

    तत्कालीन नेकपा एमाले निकट ती व्यवसायीका अनुसार काम गर्नेभन्दा पनि चर्चाका लागि मात्रै मन्त्रीहरुले योजना बनाइरहेका छन् ।

    ती व्यवसायीको गुनासो छ सरकारका मन्त्रीहरु दीर्घकालीन प्रभावलाई हेरेर अघि बढ्ने क्षमता राख्दैनन्, जसले गर्दा जनविश्वास गुम्दै गएको छ ।

    भिजिट नेपाल सफल पार्न फेसबुक फ्रेम
    कुनै पनि संस्थाले आफ्नो संस्थाको वार्षिक उत्सव हुँदा वा कतिपयले त आफ्नो म्यारिज एनिभर्सरीमा फेसबुक प्रोफाइल पिक्चरका लागि तयार पारिने फ्रेम बनाएर रमाए जस्तै मन्त्री भट्टराईले फेसबुक फ्रेम प्रयोग गरेर भिजिट नेपाल सफल पार्नका लागि आह्वान गरेका छन् ।

    नेपाल भ्रमण वर्ष मूल आयोजक समितिका संयोजकसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले सामाजिक सञ्जालमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिदिन आग्रह गरेका छन् ।

    भट्टराईले भ्रमण वर्षलाई प्रारम्भिक रुपमा सहयोग पुर्याउन साइट, फेसबुक, ट्विटर र इन्स्टाग्राममा भ्रमण वर्षको लोगो राखिदिन आग्रह गरेका छन् । यसबाट नेपाल भ्रमण वर्ष २०२० अभियानलाई विश्वस्तरमा प्रचार पुर्याउनका लागि सहयोग पुग्ने उनको बुझाइ छ ।

    नेपाललाई दिगो रुपमा स्थापित गर्न विश्वको हरेक कुना, तह र तप्कामा रहेका नेपाली दाजु भाई तथा दिदीबहिनीहरुबाट उल्लेखनीय सहयोगको अपेक्षा गरेको छ, मन्त्रीको विज्ञप्तिमा भनिएको थियो ।

    सामाजिक सञ्जालमा रहेका धेरै युवा युवतीले उनको आह्वानलाई स्वीकार गरे पनि त्यसबाट भिजिट नेपालको प्रभाव नदेखिने विज्ञहरु बताउँछन्, तरुणमा उल्लेख छ ।

    प्रभावकारी काम गरिने वा विज्ञहरु खटाउने ठाउँमा भने पार्टी कार्यकर्ताहरु हरेक जिल्ला पार्टीको तर्फबाट स्थानीय तहमा जितेका वा प्रतिवर्धामा भाग लिएकाहरुलाई संयोजक नियुक्ति गरिएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …