लक्ष्मीमार्ग २ भदौ
मोरङको बेलवारी नगरपालिका ११ लक्ष्मीमार्ग चौकमा साउन २२ गते राति भएको आगलागीका पिडितहरुको घरमा पुगेर नेपाली काँग्रेसले जस्तापाता हस्तान्तरण गरेको छ ।
नेपाली काँग्रेस क्षेत्र नम्बर ३ समिति,नेपाल बिद्यार्थी संघ,महिला संघ,तरुण दल लगायतले संकलन गरेको रकमबाट ३ परिवारलाई प्रति परिवार २२ हजार ३ सय नगद साउन २४ गते हस्तान्तरण गरिसकेको र आज फेरी जस्तापाता हस्तान्तरण गरिएको नेपाली कांग्रेसका स्थानीय नेता वल बहादुर मगरले बताए । नेपाली काँग्रेसका जिल्ला सदस्य तथा स्थानीय निर्बाचनमा बेलबारीका मेयरका उम्मेदवार राजकुमार लिम्बु,क्षेत्रीय उपसभापति जाँचमान याख्खा, क्षेत्रीय प्रतिनिधी निन्दा बहादुर थेवे, ११ नम्बर वडाका उमेदवार वल बहादुर मगर, तरुण दलका क्षेत्रिय सभापति छत्र लिम्बु युवा नेताहरु विक्रम वान्तवा, ज्ञानुराज राई, जितेन्द्र न्यौपाने,सुधिर राई लगायतले उनीहरुलाई सोमबार दिउँसो उक्त जस्तापाता हस्तान्तरण गरेका हुन ।
आगलागीमा परि ३ घर जलेर नष्ट हुँदा करिव १६ लाख रुपयाँ बराबरको क्षति भएको थियो । साउन २२ गते राती सवा ८ बजे स्थानीय सुजन राईको घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी हुँदा निजको टिनको छाना भएको १ तले कच्ची घर, छिमेकी कुमार बि.क. र दिल कुमारी लिम्बुको समेत घर जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको थियो ।