• बाहुण्डाँगी । चितवन जिल्लामा रहेका ७ वटा जेसीज शाखाहरुको संयुक्त जेसीज सप्ताह अन्तर्गत तेस्रो दिन फरक क्षमता भएका बालबालिकाहरुलाई खाना खुवाउने कार्यक्रमक सम्पन्न भएको छ । मानबताको सेवा नै जिवनको सर्बोत्तम कार्य हो भन्ने जेसीज आस्थालाइ आत्मसाथ गर्दै सौराहा लेडी जेसीजका अध्यक्ष जेसी लक्ष्मी बिडारिको सभापतित्व तथा रत्ननगर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष लाल बाहादुर भट्टको प्रमुख आतिथ्यतामा चितवनमा रहेका फरक क्षमता भएका बालबालिकाहरुलाई खाना खुवाइएको थियो ।
    कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्ण महतो, नेपाल जेसीज का पुर्व कार्यकारिणी उपाध्यक्ष जेसि अरुणेश्वर खनाल, र मातृशाखा सौराहा जेसीजका अध्यक्ष जेसी शिव प्रसाद भुसाल, नारायणगढ जेसिजका अध्यक्ष जेसि बिकास मान श्रेष्ठ, नारायणगढ लेडी जेसीजकि अध्यक्ष जेसी निरू कार्की, सारदानगर जेसीजका अध्यक्ष जेसी सन्तोष घिमिरे, पर्सा खैरहनी जेसीजका अध्यक्ष जेसी शंकर कंडेल, विसहजार जेसीजका अध्यक्ष सन्तोष मजाकोटी, सौराहा लेडी जेसिजकी सस्थापक अध्यक्ष जेसि सुजाता बिष्टलगायतको सहभागिता रहेको थियो । सौराहा लेडी जेसिज कि कार्यकारिणी उपाध्यक्ष जेसि सपना पौडेलको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम संचालक माहसचीव जेसि सरस्वती सेढाईले गर्नु भएको थियो ।
    सौराह लेडी जेसीज आतिथ्यता रहेको कार्यक्रमको आयोजकहरुमा सौराहा जेसीज, बीसहजार जेसीज, गीतानगर जेसीज, नारायणगढ जेसीज, नारायणगढ लेडि जेसीजर पर्सा खैरहनी जेसीज रहेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…