बाहुण्डाँगी । नारायणगढ लेडी जेसीजको आतिथ्यमा यामाहा स्लो स्कुटर रेस प्रतियोगितामा संगीता श्रेष्ठ विजेता बन्नु भएको छ । सोमवार सम्पन्न जेसीज सप्ताहको कार्यक्रम अन्तर्गत भएको प्रतियोगितामा श्रेष्ठले उपाधी जित्नु भएको हो । जितसँगै उहाँले नगद ५ हजार प्राप्त गर्नु भयो । प्रतियोगितामा मिना गुरुङ दोस्रो र कामना कार्कीले तेस्रो स्थान हासिल गर्नु भयो । दोस्रो उपाधीसँगै नगद ३ हजार र तेस्रो हुनेले नगद २ हजार प्राप्त गरेका छन् ।
चितवन जिल्लामा रहेका सौराहा जेसीज, बीसहजार जेसीज, गीतानगर जेसीज, नारायणगढ जेसीज, नारायणगढ लेडि जेसीजको सयुक्त आयोजानामा जारी यस वर्षको जेसीज सप्ताह अन्तर्गत छैठोँ दिनको कार्यक्रम अन्तर्गत नारायणगढ लेडीले स्लो स्कुटर रेशको आयोजना गरेको थियो ।
नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसि अर्जुन अधिकारीको प्रमुख आतिथ्यता तथा आतिथ्यता शाखा नारायणगढ लेडी जेसीजकी अध्यक्ष निरु कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल जेसिजका पुर्ब राष्ट्रिय उपाध्यक्ष सिनेटर सुदिप सिह अधिकारी, वडा प्रहरी कार्यालय पुल्चोकका प्रहरी नायब निरीक्षक रबि ढकाल, नवीन अटो सेन्टरका प्रमुख तथा नारायणगढ लेडि जेसिजका पुर्ब अध्यक्ष सुनिता कर्माचार्य, पुर्ब अध्यक्ष शोभा गौतम खडका, नारायणगढ लेडि जेसिजका पुर्ब अध्यक्ष जेसि निर्जनी प्रधान श्रेष्ठ, जिल्ला ट्राफिक चितवनका प्रहरी सहायक निरीक्षक इन्द्र घिसिङ, रत्ननगर जेसिजका शाखा अध्यक्ष जेसि सुभाष पोख्रेल, सारदानगर जेसिजका अध्यक्ष जेसि सन्तोष घिमिरे, नारायणगढ जेसीजका अध्यक्ष जेसि बिकाशमान श्रेष्ठ, बीसहजार जेसीजका अध्यक्ष सन्तोष मजाकोटि, गीतानगर जेसीजका अध्यक्ष कृष्ण सापकोटा, सौराह जेसीजका अध्यक्ष शिव प्रसाद भुसाल, सौराह लेडी जेसीजकी अध्यक्ष लक्ष्मी बिडारी, पर्सा खैरेनी जेसीजका अध्यक्ष शंकर कंडेललगायतको सहभागितामा प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रमा प्रमुख अतिथि राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारी र पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर सुदिपसिंह अधिकारीले बोल्नु भएको थियो । मुल संयोजक जेसि अनिता श्रेष्ठ अधिकारी रहनु भएको थियो भने कार्यक्रमको सञ्चालन जेसि सम्झना प्रधानले गर्नु भएको थियो ।