• बाहुण्डाँगी । चितवनका सात वटा जेसिज शाखा द्वारा ७ दिनमा ७ कार्यक्रम अन्तर्गत जेसीज सप्ताह २०७६ दोस्रो दिन मैत्रीपूर्ण खेलकुद कार्यक्रम सम्पन्न भयो । मनुष्यको बन्धुत्व भावना राष्ट्र हरूको प्रभुसत्ता देखि सर्वाेपरि छ भन्ने जेसीज आस्थालाइ आत्मसाथ गर्दै उक्त कार्यक्रम गरिएको गीतानगर जेसीजका अध्यक्ष जेसी कृष्ण सापकोटाले जनाउनुभयो ।
    गितानगर जेसिजका अध्यक्ष कृष्ण सापकोटाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका ६ का वडा अध्यक्ष हरिविलास कोइराला हुनुहुन्थ्यो ।
    कार्यक्रममा राप्ती ९ का वडाध्यक्ष देवेन्द्र लामा, रत्ननगर ५ का वडाध्यक्ष कृष्ण महतो, नेपाल जेसीजका पुर्व कार्यकारिणी उपाध्यक्ष जेसि अरुणेश्वर खनाल र मातृशाखा नारायणगढ जेसीजका अध्यक्ष जेसी विकासमान श्रेष्ठ, नारायणगढ लेडी जेसीजका अध्यक्ष जेसी निरू कार्कि, रत्ननगर जेसीजका अध्यक्ष सुवास पोखरेल, सारदानगर जेसीजका अध्यक्ष जेसी सन्तोष घिमिरे, पर्सा खैरहनी जेसीजका अध्यक्ष जेसी शंकर कंडेल, विसहजार जेसीजका अध्यक्ष सन्तोष मजाकोटी, सौराहा जेसीजका अध्यक्ष शिव प्रसाद भुषाल, सौराहा लेडी जेसीजका अध्यक्ष जेसी लक्ष्मी विडारी तथा गीतानगर जेसीजका पुर्व अध्यक्ष हरू विदुर केसी, जेसी रोशन सोती, जेसी गोविन्द आचार्य तथा निवर्तमान अध्यक्ष जेसी नारायण पौडेल तथा नेपाल जुनियर जेसीज क्षेत्र ख संयोजक जुजेसी आरोग्य श्रेष्ठ तथा जुनियर जेसीज गीतानगरका अध्यक्ष जुजेसी विजय सुवेदी तथा प्रथम महिला सविना बुढाथोकी उपस्थितमा प्रतियोगिता सम्पन्न भएको हो ।
    उक्त मैत्रीपुर्ण फुटबल खेल पश्चिम चितवनका जेसीज समुहले जित्न सफल भयो भने गोल रक्षक सन्तोष मजाकोटी प्लेयर अफ दि म्याच हुनुभयो । कार्यक्रम संयोजक जेसी अरूण वन्त तथा संचालक जेसी अनुप कोईराला रहनुभएको थियोे ।
    गीतानगर जेसीज, बीसहजार जेसीज, नारायणगढ जेसीज, नारायणगढ लेडि जेसीज, पर्सा खैरहनी जेसीज, सौराहा जेसीज, सौराहा लेडी जेसीजले साउन २९ गते शुरु भई भाद्र ४ गते सम्पन्न हुने गरि हरेक शाखाले १–१ कार्यक्रम गरि जेसिज सप्ताह गर्ने कार्यक्रम छ । यसले जेसिज अन्तरशाखा सम्बन्ध विस्तार हुने र समुदायमा जेसिजको प्रभावकारी उपस्थिति रहने विश्वास गरिएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…