• बाहुण्डाँगी । चितवनमा रहेका ७ वटा शाखाका सयुक्त आयोजनामा जारी जेसीज सप्ताह अन्तर्गत नारायणगढ जेसीजको आयोजनामा मल्टि च्याप्टर तालिम सम्पन्न भएको छ ।
    नेपाल जेसीजका ट्रेनर जेसीआई सिनेटर राजाबाबु शाहले पहिलो पटक नारायणगढमा एमबिए ( म्याक्सिमाइज विजनेश याच्भिमेन्ट ) विषयको मल्टि च्याप्टर तालिमको सहजीकरण गर्नु भएको थियो । मुख्य प्रशिक्षक सिनेटर शाहले सञ्चालन गर्नु भएको हो ।
    तालिममा यस क्षेत्रका शाखाका ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
    आतिथ्यता शाखा नारायणगढ जेसीजका अध्यक्ष विकासमान श्रेष्ठको सभापतित्व तथा भरतपुर महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पूर्णबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष अमिश ढकाल, राष्ट्रिय उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठ, राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारी, नारायणगढ लेडी जेसीजकि अध्यक्ष जेसी निरू कार्की, सारदानगर जेसीजका अध्यक्ष जेसी सन्तोष घिमिरे, पर्सा खैरहनी जेसीजका अध्यक्ष जेसी शंकर कंडेल, विसहजार जेसीजका अध्यक्ष सन्तोष मजाकोटी, सौराहा लेडी जेसिजकी अध्यक्ष जेसि लक्ष्मी बिडारी, रत्ननगर जेसीजका अध्यक्ष सुभाष पोखरेललगायतको सहभागिता रहेको थियो ।
    नारायणगढ जेसीजका महासचिव तथा सप्ताहका मुल संयोजक अमृत श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन कार्यकारीणी उपाधयक्ष अमर घिमिरेले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…