बाहुण्डाँगी । चितवनमा रहेका ७ वटा शाखाको सयुक्त आयोजनामा यस वर्षको जेसीज सप्ताह सुरु भएको छ । बीसहजार जेसीजको आतिथ्यतामा सप्ताहको उद्घाटन गरिएको हो । बीसहजारले समुघाटन समारोह तथा प्रकरण गोष्ठीको आयोजना गरेको थियो ।
‘मानवीय विकासमा नेतृत्व अभ्यास र चुनौती’ विषयमा प्रकरण गोष्ठी सम्पन्न भएको हो । गोष्ठीको स्वतन्त्र अध्ययनकर्ता शालिकग्राम शर्माले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमाथिको टिपणी नेकपाका तर्फबाट रमाकान्त सापकोटा, कांग्रेसका तर्फबाट प्रकाश अधिकारीले गर्नु भएको थियो ।
बीसहजार जेसीजका अध्यक्ष सन्तो मजाकोटीको सभापतित्व तथा २००८ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर दिनेश कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि पूर्व राष्ट्रिय उपाध्यक्ष तथा नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोश
राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटा र राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारी, पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर सुदिपसिंह अधिकारी, शाखा अध्यक्षहरुको तर्फबाट नारायणगढ जेसीजका अधयक्ष विकासमान श्रेष्ठले बोल्नु भएको थियो ।
कार्यक्रममा नारायणढ लेडी जेसीजकि अध्यक्ष जेसी निरू कार्की, पर्सा खैरहनी जेसीजका अध्यक्ष जेसी शंकर कंडेल, गीतानगर जेसीजका अध्यक्ष कृष्ण सापकोटा, सौराह जेसीजका अध्यक्ष शिवप्रसाद भुषाल, सौराहा लेडी जेसिजकी अध्यक्ष जेसि लक्ष्मी बिडारी, रत्ननगर जेसीजका अध्यक्ष सुभाष पोखरेल, सारदानगर जेसीजका अध्यक्ष जेसी सन्तोष घिमिरे लगायतको सहभागिता रहेको थियो ।
विसहजार जेसीजका तालिम आयुक्त दिवाकर पौडेलले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन गोकुल मोहित भण्डारीले गर्नु भएको थियो । कार्यक्रमको संयोजक रेशमराज शर्माले गर्नु भएको थियो ।
हरेक वर्ष यस क्षेत्रका छिमेकी शाखाहरुको सहकार्यमा सयुक्त जेसीज सप्ताहको आयोजना गर्दै आएका छन् । आयोजक शाखाहरुमा सौराह लेडी जेसीज, बीसहजार जेसीज, सौराहा जेसीज, गीतानगर जेसीज, नारायणगढ जेसीज, नारायणगढ लेडि जेसीज
र पर्सा खैरहनी जेसीज रहेका छन् ।