• कास्की, भाद्र ३  । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी कर्मचारीहरुलाई कसैको दबाबमा नपरी काम गर्न निर्देशन दिएका छन् । खनालले प्रत्येक प्रहरीले भावनामा शुद्धता राखी छिटो, छरितो र उत्कृष्ट कार्य सम्पादनतर्फ अगाडि बढ्न निर्देशन दिएका हुन ।

    संघीय प्रहरी इकाई कार्यालय पोखराको नवनिर्मित कार्यालय भवनको मंगलबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्दै खनालले यस्तो बताएका हुन् । खनालले सोही कार्यालय परिसरमा निर्माण हुन लागेको ब्यारेक भवनको समेत शिलान्यास गरे ।

    उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रशंसापत्र वितरण गर्दै उनले सुन्दर भवन समयमै निर्माण सम्पन्न हुनु र भवन निर्माणमा लागत घट्नु राम्रो पक्ष रहेको भए पनि त्यसको गुणस्तरमा समेत ध्यान दिनुपर्ने बताए ।

    नागरिक र प्रहरीबीचको समन्वयात्मक भूमिकालाई थप रचनात्मक एवं प्रभावकारी बनाउन सामुदायिक प्रहरी सेवा केन्द्रको विकल्पको रुपमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम विकसित गरिएको खनालको भनाइ छ । राष्ट्रिय पुनर्निर्माण प्रधिकरण कोषको सहयोगमा निर्माण सम्पन्न भएको साढे दुई तल्ले कार्यालय भवनको कूल लागत २ करोड ७८ लाख ७० हजार २ सय ९५ रुपैयाँ ७३ पैसा रहेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…