• हो ! चितवनमा पत्रकार शालिग्राम पुडासैनीको रहस्यमय ढङ्गले हत्या हुनुमा गहिरो अनुसन्धान गर्न सम्बन्धित निकायलाई खुल्ला वातावरणको निर्माण गरि दिनु र दोषि पत्ता लगाएर कानुनको दायरामा ल्याउन र निर्दोषलाइ मुक्ती दिने सहज वातावरण हुनु पर्छ । यो चानचुने षडयन्त्र होइन यसमा ठुलै शक्तिको हात हुन सक्छ र त्यो पर्दाफास हुन पनि गाह्रै छ ! निर्मला हत्याकाण्डका कारक मानिने वम दिदी-बहिनी सबुत प्रमाणका लागि काफी हुदाहुदै पनि अनुसन्धानको दायराबाट उम्काइयो र निर्मला हत्याकाण्डलाई गुपचुप गराइयो । कञ्चनपुरमा ठुलै हङ्गामा भयो मानिसको ज्यान गयो तर पनि हत्याकाण्डको पर्दाफास हुन सकेन । यस्ता आन्दोलन हुदै जान्छन् १-२ मानिस मर्छन् त्यसले के फरक पार्छ र १-२ दिन त हो नी त्यसपछि आन्दोलन आफढैमा सेलाएर जान्छ गर्दै गरुन न आफै थाक्छन् नी भनेर सरकार पनि मौन छ र अपराधि पनि आन्दोलनकै भिडबाट आन्दोलनकारि बनेर आफ्नो कर्तुतको विश्लेषण गरि रहेका हुन सक्छन् । विचरा ! प्रहरी प्रशासनको के दोष उनीहरुको सिदान्त नै माथीको आदेश भन्ने हो र सोहि निर्देशनको आधारमा उनीहरुको जागिर बचाउने हो । सत्य तथ्य थाहा पाए पनि प्रहरी प्रशासन माथथिको आदेशका अगाडि के नै पो गर्न सक्छन र ! यथार्थ कुरा थाहा हुदाहुदै पनि मौन बस्न विवस छ विचरो प्रहरी प्रशासन ! यथार्थता खोल्न कि जागिर छाड्नु पर्यो फेरी जागिर छाडेर पनि कहा यथार्थ देखेको कुरा बोल्न मिल्छ र फेरी उही त हो नी शालिग्राम पुडासैनीको काइदा हुन के बेर ! कसै गर्दा पनि धर छैन प्रहरी प्रशासनलाई ! अब रह्यो सरकारको कुरा - सरकार तिब्र रुपमा गहिरिएर अनुसन्धानको पक्षलाई महत्व दिन सकि रहेको छैन । देखिन्छ कि सरकारमा बस्ने र सरकारी पक्षका केही व्यक्तिहरु पर्दा पछिबाट सरकारको रिमोट बनि रहेको छ । अर्को गजबको खेल यो छ कि अहिले चितवनको भुमि धमिलो पानीले भरिभराउ छ र त्यो धमिलो पानीमा माछा मार्नेहरुको सङ्ख्या पनि कम छैन । यसै परिवेसलाई प्रयोग गरि जनमानसको मनस्थितिलाई आफ्नो पक्षमा आकर्षित गर्न धेरै मानिसको चलखेल भएको कुरालाई पनि सहजै मुल्याङ्कन गर्न सकिन्छ । आफ्नो राजनीतिक स्वार्थ र चिनेनका लागि यहा धेरैले धेरै किसिमको तिक्डम रचि रहेका पनि हुन सक्छन् । उता आफ्नो परिवार गुमाएको शालिग्रामको पिडाबाट शोकमग्न उनका परिवारको व्यथालाई मत्थर पार्ने कुनै विश्वासिलो कदम उठाउन आन्दोलनले सार्थकता लिइ रहेको पनिो देखिदैन र आन्दोलनकारी पनि एकोहोरो रवि रवि भनेर मात्र चिच्याइ रहेका देखिन्छन तर शालिग्राम शालिग्राम भनेर भन्न कञ्जुस्याई गरि रहेको देखिन्छ र सुनिन्छ । अर्कातिर यसलाई विषयवस्तु बनाएर विश्व समुदायमा पुर्याउन सक्रिय युट्युवरहरुले राम्रै नाम र दाम पाउने अवस्था पनि उतिकै चर्चित छ । एक जना निर्दोष मानिसले ज्यान गुमायो तर सबैलाई सबै कुराको नाफा नोक्सान यसै घटनाले अवसर दिए जस्तो छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…