• बाहुण्डाँगी । मनोहरा जेसीजले जेसिस सप्ताहको अवसरमा भाद्र ४ गते बुधवार खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका भवन अगाडी बाट भाद्र ४ गते बुधबार बिहान ७स्३० बजे देखि सुरु हुने उक्त दौडमा सहभागी हुन आयोजकले अनुरोध गरेका छन। “रेस्पेक्ट एभ्री ह्युमन स्प्रिड पोजेटिभिटी, रन फर अ सोसियल कज”भन्ने मूल नाराको साथमा उक्त कार्यक्रम आयोजना गर्न लागेको मनोहरा जेसीस वर्ष २०१९का महासचिब सागर रोक्काले कपन अनलाइनलाइ जानकारी गराए।

    उनले महिला , बालबालिका हिंसा बिरुद्द जनचेतना ,लागूऔषध दुर्व्यसन ,मादकपदार्थ सेवन बिरुद्द, सकारात्मक सोच र बलात्कार बिरुद्द जनचेतना जगाउने उदेश्यले खुल्ला दौड आयोजना गरेको पनि बताए ।भाद्र ३१ गते देखि जिसिस सप्ताह मनाइरहेको र त्यसै सप्ताह अन्तर्गत खुल्ला दौड आयोजना गरेको पनि बताए। उनले दौडमा जो कोहि पनि निशुल्क सहभागी हुन पाउने बताउदै उक्त कार्यक्रममा सहभागी भएर सहयोग गर्न अनुरोध गरेका छन्।

    दौड नगरपालिका भवन हुँदै सिंखडा गाउ( नया गाउँ हुदै डाँछी – सानो थाली हुदै पुन कागेश्वोरी मनोहरा नगरपालिका भवनमा आएर दौड सम्पन्न हुने पनि बताए। उनले उक्त दौडमा प्रथम हुनेले नगद रु ३ हजार सहित मेडल प्रमाण पत्र प्राप्त गर्नेछ भने दितीय र तृतीय हुनेले क्रमश नगद २ हजार र १ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने पनि बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…