• बाहुण्डाँगी । दुवही जेसीजले सञ्चालन गरेको यस वर्षको जेसीज सप्ताह सम्पन्न भएको छ । दुहवी रंगशालामा अन्तर विद्यालय स्तरिय डोरी तान प्रतियोगिता, समापन तथा पुरस्कार वितरण समारोह कार्यक्रमको आयोजना गरि जेसिज सप्ताह २०१९ समापन भएको हो । जेसीज सप्ताह कार्यक्रमका मूल संयोजक दिपेस राउतले जेसीज सप्ताह अन्तर्गत वुधवार दुहवी ५ स्थित श्री सरस्वती मावि भवनमा पहिलो दिन समुद्घाटन, लागुपदार्थ तथा साइबर अपराध बिरुद्ध सचेतना कार्यक्रम , सप्ताहव्यापी कार्यक्रममा बिहीवार जेसिज वान मिनेट कार्यक्रम, शुक्रवार दुहबी जेसिज र दुहवी नगरपालिकाविच मैत्रिपूर्ण फुटबल प्रतियोगिता,शनिवार स्लो मोटरसाईकल रेस र कर्पोरेट व्याडमिन्टन प्रतियोगिता, समेत भएको जानकारी दिए । दुहवी जेसिजले आफ्नो स्थापनाकालदेखिनै निरन्तर पर्वकोरुपमा यूवाहरुलाइ लक्षित गरि जेसीज सप्ताह कार्यक्रम गरेको उनले
    बताए । दुहबी जेसिजका अध्यक्ष संतोष सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा दुहबी जेसिजका पदाधिकारी सद्स्यहरु, संघ संस्थाका प्रतिनिधिहरु, बिध्यालयका प्र.अ.हरु, शिक्षक विद्यार्थीहरु लगायतको उल्लेखनीय सहभागिता रहेको थियो । समापन कार्यक्रमको सञ्चालन महासचिव नविन रौनियारले गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…