• देबु बानियाँ
    बाहुण्डाँगी । पर्सा खैरहनी जेसीजका आयोजनामा मंगलवार सम्पन्न खैरहनी नगरपालिका स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिताको उपाधी नेपाल आदर्श शिक्षा सदनकी छात्रा दिल्सा छत्कुल्लीले जितेकी छिन् ।
    चितवनमा रहेका जेसीज शाखाहरुको जेसीज सप्ताहको समापन समारोहमा पर्सामा आयोजित ‘सकरात्मक सोचका साथ नेतृत्व विकास’ विषयक वक्तृत्वकला प्रतियोगितामा १५ जना प्रतिस्पधीलाई पछि पार्दै दिल्सा छत्कुल्लीले उपाधी माथि कब्जा जमाएकी हुन् । जितसँगै विल्साले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र पाइन् । प्रतियोगितामा सैनिक आवसीय महाविद्यालयकी छात्रा सुमिना गौतम दोस्रो भइन् । उनल नगद ३ हजार, ट्रफी मेडल र प्रमाण पत्र पाइन् । कठार माविकी प्रतिष्ठा पाण्डे तेस्रो र गवइ माविका छात्र रामबहादुर बस्नेत सान्तवना भए । उनीहरुले क्रमश नगद २ हजार र १ हजारसहि ट्रफी, मेडल र प्रमाण पत्र पाए । प्रतियोगितामा यस नगरपालिकाका १६ वटा विद्यालयका सहभागिता रहेको थियो ।

    आतिथ्यता शाखा पर्सा खैरहनीका अध्यक्ष शंकर कंडेलको सभापतित्व तथा नेपाल जेसीजका क्षेत्र ख का निरुपित कार्यकारीणी उपाध्यक्ष रमेशचन्द्र भुषालको प्रमुख अतिथि
    विशेष अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारीण्णी उपाध्यक्ष अरुणेश्वर खनाल, पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर सुदिपसिंह अधिकारी, रत्ननगर जेसीजका अध्यक्ष सुभाष पोखरेल, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारी, बस्तीपुर जेसीजका अध्यक्ष सुनिल अधिकारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ सदस्य गुणराज श्रेष्ठले बोल्नु भएको थियो ।
    कार्यक्रममा बीसहजार जेसीजका अध्यक्ष सन्तोष मजाकोटी, नारायणगढ जेसीजका अध्यक्ष विकासमान श्रेष्ठ, नारायणढ लेडी जेसीजकि अध्यक्ष निरू कार्की, गीतानगर जेसीजका अध्यक्ष कृष्ण सापकोटा, सौराह जेसीजका अध्यक्ष शिवप्रसाद भुषाल, सौराहा लेडी जेसिजकी अध्यक्ष लक्ष्मी बिडारी, सारदानगर जेसीजका अध्यक्ष सन्तोष घिमिरे, हेटौडाँ जेसीजका अध्यक्ष सन्देश डिसी, बसामाडी जेसीजका अध्यक्ष सरोज अधिकारी, कलैया सिटी जेसीजका अध्यक्ष राजेश कुश्वालगायत करिब २००  जनाको सहभागिता रहेको थियो ।
    पर्सा खैरेनी जेसीजका निवर्तमान अध्यक्ष तथा नेपाल जेसीज वर्ष २०१९ का जनसम्पर्क अधिकारी अमृत मल्लले कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रम संयोजक विवेक न्यौपानेले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन शाखाका महासचिव कविर श्रेष्ठले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…