• पथरी । विगत १ वर्ष देखि मृगौला रोग वाट पिडित बनेकी मोरङको पथरी शनिश्चरे ३ निवासी ३७ वर्षीया टिका राना मगरलाई सहयोग गर्न मगर सम्बद्ध दूई संस्थाले आग्रह गरेको छ ।
    मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाल मगर संघ र नेपाल मगर युवा संघ पथरी शनिश्चरे नगर समितिले आग्रह गरेको हो ।
    लामो समय देखि वैदेशिक रोजगारीको शिलशिलामा वहराईनमा विताएकी मगरलाई उनका पति छत्र वहादुर राना मगरले वेवस्था गरेपनि आफ्नै कमाईले आफ्नो उपचार गर्दै आएको उनकी आमा रनमाया मगरले बताईन् ।
    दुबै मृगौला फेल भएको अवस्थामा श्रीमानले साथ छोडेको र आफ्नो १७ वर्षीय छोराको समपुर्ण खर्च गरेर आफ्नो कमाई र माईती पक्षले गरेको सहयोग पनि अपुग भएपछि पीडित राना मगरको उपचारमा सहयोग गर्न टीकादेबी राना मगर वचाउ अभियानले आग्रह गरेको छ ।
    काठमान्डौको सुमेरो अस्पतालमा उपचारत पीडत मगरको भयोध अस्पताल बल्खुमा डायलोसिस गरीरहेको बुहारी एलिसा राना मगरले बताएकी छिन् । अस्पतालले भदौ १५ गते पीडितको मृगौला प्रत्योरोपणको समय सिमा दिएको छ ।


    पिडितका भाइ जीवन राना मगरले मृगौला दिने भएपछि उनको मृगौला प्रत्यारोपण त हुने भो तर रकम अभाका कारण उपचारमा समस्या हुने भएपछि संघले थप रकमको जोहो गर्न अभियान संचालन गरेको हो । उपचारका लागी ६ लाख रुपैया लाग्ने अस्पतालल स्रोतले जनाएको छ ।
    उपचारमा पीडित मगरले बहराइनको बैदेशिक रोजगारमा कमाएको रकम र जग्गा जमिन समेत सक्की सकेको अवस्थामा पीडितको उपचारमा थप सहयोग गर्न अभियान थालिएको अभियानका संयोजक टंंक राना मगरले जानकारी गराएका छन् ।
    पथरी, उर्लाबारी, मधुमल्ला, टाँडीलगायत स्थानबाट सहयोग संकलन गर्ने, अभियानले सहयोग गर्ने महानुभावहरुले पीडितको बुहारी एलिसा राना मगरको नाममा रहेको सिद्धार्थ बैकको खाता नम्बर ००७१५२०५५६६ मा सहयोग गर्न अनुरोध गरिएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …