• १० साउन, काठमाडौं

    रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।

    उनका अनुसार कृषितर्फ करिब साढे सात हजार परीक्षार्थी उत्तीर्ण भएका छन् ।६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएका थिए । उनीहरु मध्ये १२ हजार १०८ उत्तीर्ण भएका ईपीएस कोरिया शाखा प्रमुख बाबुराम खतिवडाले जानकारी दिए ।

    सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, केही परीक्षार्थीले जेठ २७ र २८ गतेको परीक्षामा जाँच दिन नपाएपछि फेरि एक हप्ता कम्प्युटरमार्फत परीक्षा लिएर नतिजा प्रकाशित गरिएको हो ।

    यो वर्षको कोटा अघिल्लो वर्षको भन्दा झन्डै तीन गुणा बढी हो । गत वर्ष ३५ सय युवा कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका थिए । कोरियाले यहाँ लिएका सबै परीक्षाका उत्तरपुस्तिका स्क्यानिङमार्फत डिजिट्याज्ड गरेर कोरिया लाने गरेको छ । उसले मेसिनको प्रयोग गरेर ओसीआर प्रविधिबाट उत्तरपुस्तिका जाँच्ने गरेको छ ।

    परीक्षामा उत्तीर्ण भएका सबै कोरिया जान पाउँछन् भन्ने ग्यारेन्टी भने नहुने ईपीएस शाखाले जनाएको छ । पास भएकालाई रोष्टर लिष्टमा राखेर लेबर कन्ट्रयाक्ट दिने गरिएको छ ।

    भाषा परीक्षा पास हुनेहरुलाई आगामी फेब्रुअरीबाट उत्तीर्ण कामदारको मेडिकल लगायतका प्रक्रिया सुरु हुनेछ ।

    हेर्नुहोस् भाषा परीक्षाको नतिजा 




    २०७४ साउन १० गते १७:१९ मा प्रकाशित

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…