• रातोकलम अनलाइन,क्वालालम्पुर
    डिसेम्बर-२७

    तामाङ समाज मलेशियाले आगामी फेब्रुअरी महिनामा पर्ने चाइनिज न्यु एयर मलेसियाको सार्बजनिक बिदाको अवसरमा मलेशियाको दुई मुख्य सहरहरूमा सोनाम  ल्होछार मनाउने भएको छ।फेब्रुअरी १६ तारिक गार्डेन होटेल बातुपाहात र १७ तारिक होटेल एरिना क्वालालम्पुरमा भब्य सास्कृतिक कार्यक्रम धर्म गुरु लामा द्वारा पुजापाठ सहित ल्होछार मनाउने तयारी भइरहेको आयोजकले जानकारी दिएका छन।विशेषगरी तामाङ समुदायहरुले रास्ट्रीय पर्व मन्जुश्री सम्बत २८५३ चरा बर्ग लाइ बिदाइ गर्दै २८५४ को कुकुर बर्गको स्वागत स्वरुप बिस्वभरीका तामाङ्हरुले मान्ने प्रचलन छ।

    प्रबासमा संगठित तामाङ समाजले आफ्नो भासा,लिपि,रिति रिवाज,धर्म र सस्कृतिको प्रबर्द्धन,उत्थान एबम संरक्षण गर्न प्रत्येक बर्स मनाउने गरेका छन।मलेशियन सरकारले दिने लामो सार्बजनिक बिदाको सदुपयोग गर्दै प्रबासमै भए पनि जातिय एकता र सामुदायिक सत्भाब कायम राख्न ल्होछार मनाउने गरिएको तामाङ समाजका बरिस्ठ उपाध्यक्ष राम तामाङ्ले बताउनु भएको छ। उक्त अवसरमा आयोजना गरिने सास्कृतिक कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने बताउनु भएको छ।

    सोनाम ल्होछार मलेशियाको यो सहित १३ औ पल्टको कार्यक्रम हो। भने यश महान पर्बमा सास्कृतिक कार्यक्रमका लागि नेपाल बाट आमन्त्रित अतिथि कलाकार”संगित क्षेत्रको ३ ओटा बिधामा विश्व कृतिमान राख्न सफल” संगीतकार तथा गायक टीका बम्जन तामाङ,पनि सहभागी हुँदै छन।त्यसैगरी चर्चित म्हेन्दोमाया गायक सुमन घले तामाङ, गायिका जितु लोप्चन तामाङ,गायिका सुस्मिता स्याङतान तामाङ लगायत स्थानिय कलाकारहरुको पनि साङितिक प्रस्तुति रहने भएको छ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…