• विराटचोक । इन्द्रपुर जेसिजको आयोजनामा मोरङ जिल्ला स्तरीय हाजिरीजबाफ प्रतियोगिता हुने भएको छ । यहि भाद्र ९ गते देखी १३ गते सम्म माध्यमिक बिद्यालय स्तरी हाजिरी जबाफ प्रतियोगिता सुन्दरहरैचा नगरपालिकाको विराटचोकमा संचानल गरीने आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ ।

    हाजिरी जबाफमा ५५ विद्यालय सहभागी हुने इन्द्रपुर जेसिजका कार्यक्रम संयोजक कृष्ण प्रसाद ओझाले बताए । ४ दिन सम्म संचालन हुने प्रतियोगीतामा विजेता बिद्यालयले नगद ४१ हजार दितिय हुनेले २१ हजार तृत्य हुनेले ११ हजार, सान्तवनाले ६ हजार र उत्कृष्ट टिमले १२ हजार सहित ट्रफि मेडल तथा प्रमाण पत्र पाउने जेसिजका अध्यक्ष भुवन ढकालले बताए । ५ समुहमा विभाजन गरेर प्रतियोगिता गरिने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ । उक्त कार्यक्रममा ६ लाख ८० हजार खर्च लाग्ने अनुमान गरीएको छ । कार्यक्रमको सम्पुर्ण तयारी समेत सकिएको अध्यष ढकालले बताए । गत बर्ष समेत इन्द्रपुर जेसिजले हाजिरी जबाफ प्रतियोगिता गरेको थियो ।
    सस्थागत तथा सामुलदायिक बिद्यालयका पछिल्ला समय जेसिजले बिद्यालय प्रति आकर्षण बढाएका छन् । बेलबारी जेसिजले बिद्यार्थीलाई सेनेटरी प्याड बनाउन सिकाई रहेको छ । ३ सय बिद्यार्थीलाई तिन दिन सम्म सेनेटरी प्याड बनाउन सिकाइने बेलबारी जेसिजका निबर्तमान अध्यक्ष राजन प्रसाईले बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…