• बाहुण्डाँगी । इटहरी जेसिजको जेसिज सप्ताह अन्र्तगत विश्व आदर्श कलेजको सभा हलमा टंकप्रसाद निरौलाको स्मृतिमा कलेज स्तरिय वक्तित्वकला प्रतियोगिताको आयोजना गरिएको छ ।
    जेसिज सप्ताह अन्र्तगत पाँचौ दिन नेतृत्वका लागि उठौं ,विकास र परिवर्तनका लागि नेतृत्व विषयक बक्तित्वकला प्रतियोगिता आयोजना गरेको हो ।
    इटहरी क्षेत्रका ६ वटा कलेजका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा कस्तुरी कलेजका सुरेन्द्र भण्डारी प्रथम , विश्व आदर्श कलेजका रिजन श्रेष्ठ द्धितिय र सुषमा गोदावरी कलेजकी पुस्तिका भण्डारी तृतिय भइन । इटहरी जेसिजका अध्यक्ष विनोद पौडेलको अध्यक्षता तथा शिक्षा सेवी लेखनाथ घिमीरेको प्रमुख आतिथ्यतामा भएको वक्तित्वकला प्रतियोगिताको निर्णाकमा प्रा।डा। बद्रिविशाल पोखरेल , किशोर भण्डारी र अर्जुन खनाल रहेका थिए । वक्तित्वकला प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई आगामी आइतबार हुने जेसिज सप्ताह समापन कार्यक्रममा पुरस्कार प्रदान गरिने जेसिज सप्ताह मुल संयोजक लोकनाथ भण्डारीले जानकारी दिए । मिसन पराजुलीको संयोजनमा भएको कार्यक्रममा विश्वआदर्श कलेजका प्राचार्य गणेश दुलाल , स्वर्गीय टंकप्रसाद निरौलाकी श्रीमती कमला निरौला , इटहरी जेसिजका पुर्व अध्यक्षहरु लक्ष्मि धिताल , काजीलाल श्रेष्ठ गिता श्रेष्ठको लगायतको उपस्थिती रहेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…