बाहुण्डाँगी । इटहरी जेसिजको २०१९ सप्ताह कार्यक्रम अन्र्तगत बिद्यार्थीहरुलाई साईबर क्राइम तथा दुव्र्यसनि सम्बन्धि सचेतना कार्यक्रमको आयोजना भएको छ । युवाहरु पछिल्लो समय नेटइन्टरनेटको पहुचमा रहिरहदा धेरै साईबर सम्बन्धि अपराध बढदै गएको र जानअन्जानमा युवाहरु यो लतमा फस्दै गएको कारण समस्या निम्तिएको भन्दै जेसिजले इटहरीको कोशि कलेजमा सचेतना कार्यक्रमको आयोजना गरिएको जेसिज अध्यक्ष बिनोद पौडेलले बताए ।
यसै कार्यक्रम अन्तगर्त युवाहरुलाई लागु पदार्थको असरको बारे पनि जानकारी गराईएको थियो । पुर्व लागु पदार्थ औषधकर्ता तथा सिजिंव कुमार चापागाईले आफ्नो लागु पदार्थ सेवन गर्दा भोगेको सामाजिक, आर्थीक र पारिवारिक समस्याको बारे बिद्यार्थीलाई जानकारी दिएको यस कार्यक्रमका संयोजक नविन कटुवालले बताए ।
सप्ताह अन्तर्गत अन्तरबैंक फुटसल प्रतियोगिता, स्वास्थ्य शिविर, जेसिज वन उद्घाटन, वक्तृत्वकला प्रतियोगिता लगायतको कार्यक्रम रहेको मुल कार्यक्रम संयोजक लोकनाथ भण्डारिले बताए ।
जेसिजले बिशेष गरेर सामाजिक कामलाई ध्यान दिने भएका कारण बिभिन्न सामाजिक तथा सचेतनाका कार्यक्रम गरि सप्ताह मनाई रहेको अध्यक्ष पोडेलले बताए । भाद्र ८ गते समापन हुने उक्त कार्यक्रममा अन्तरक्रिया, जलपान बितरण, मोटिभेशनल कार्यक्रम लगायत रहेको आयोजकले जनाएको छ ।