•  

    रातोकलम अनलाइन

    अनिस तामाङ, युएई

    तामाङ कथानक चलचित्र ञिङ्जेको गीत बजारमा सार्वजनिक भएको छ । डम्फू मिडिया प्रा.लि.को ब्यानरमा निर्माण गर्न लागेको उक्त चलचित्रको निर्देशन भने नायक अमिर दोङले नै गर्ने भएका छन। देन्बा मायाको अपार सफलता पछि देन्बा माया-२ बनाउने घोषणा गरेता पनि नायक अमिर दोङले कथा र चलचित्रले उठाउन खोजेको विषय वस्तु छुट्टै हुने भएपछि चलचित्रको नाम देन्बा माया-२ बाट ञिङ्जे नामकरण गरिएको थियो।

    पछिल्लो चरण सार्वजनिक भएका ञिङ्जेको "ह्याङला माया त" बोलको गीत दर्शकश्रोताहरुले समेत अत्याधिक रुचाएका छन। रुपेन मोक्तानको शब्द,रोशन लामाको संगीत, रोशन लामा र निर्मला घिसिङको स्वरमा रहेको उक्त गीतमा चलचित्र निर्देशक एवं नायक अमिर दोङ र चलचित्रको नायिका सुश्मा थिङको अभिनय रहेको छ ।

    पछिल्लो समय नेपाली चलचित्रले समेत खासै बजार लिन नसकिरहेको बेलामा तामाङ चलचित्रहरुले भने सन्तोषजनक व्यापार भएको निर्देशक बताउछन्।केही हप्ता पहिले तामाङ कथानक चलचित्र देन्बा मायाको च्यारीटि शो युएईको विकसित शहर दुबईमा भव्य प्रदर्शन भएको थियो। भने चलचित्र देखाउन निर्देशक अमिर दोङ स्वयम् युएईमा उपस्थित भएका थिए। आफ्नो नयाँ चलचित्र ञिङजेको लागि युएईको दृश्यहरु समेत समेट्ने भएको छ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…