• भाद्र ६, काठमाडौं । आईएनएक्स मिडिया भ्रष्टाचार तथा मुद्रा निर्मलीकरणका आरोपित भारतीय राष्ट्रिय कंग्रेस नेता तथा पूर्वमन्त्री पी चिदम्बरमलाई दिल्लीको विशेष अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । करिब ३ घण्टाको बयानपछि सीबीआईले उनलाई बिहीबार साँझ विशेष अदालत पेस गरेको थियो । अदालतमा भएको बहसमा सीबीआईले अनुसन्धानका लागि थप ५ दिन चिदम्बरमलाई हिरासतमा राख्न माग गरेको थियो ।

    चिदम्बरमका तर्फबाट बहस गर्ने कपिल सिब्बल, अभिषेक मनुसिंघबीलगायतले उनको गिरफ्तारीप्रति सीबीआईको नियतमाथि प्रश्न उठाएका थिए ।कंग्रेस नेतासमेत रहेका कपिल सिब्बलले आईएनएस मुद्दामा उनका छोरा कार्तिलाई पनि जमानत दिइएकाले चिदम्बरमलाई पनि त्यो सुविधा दिन माग गरेका थिए । सिब्बलले जमानत दिइनु नियमसम्मत हुनुका साथै व्यक्तिगत स्वतन्त्रताको विषय भएको जिकिर गरेका थिए । तर सीबीआईतर्फका वकिलले चिदम्बरमले बयानमा सहयोग नगरेकाले थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न आवश्यक भएको दाबी गरेका थिए ।

    सीबीआईले चिदम्बरमलाई बुधबार साँझ पक्राउ गरेको हो । ७३ वर्षीय चिदम्बरममाथि संयुक्त प्रगतिशील गठबन्धन ९यूपीए० को सरकारमा अर्थमन्त्री भएका बेला अवैधानिक रूपमा वैदेशिक लगानी भित्र्याउन सघाएको आरोप छ । चिदम्बरम अर्थमन्त्री भएकाले केन्द्रीय वैदेशिक लगानी बोर्डले सन् २००८ मा पिटर र इन्द्रानी मुकर्जियाको कम्पनी आईएनएक्स मिडियामा मोरिससका ३ कम्पनीबाट करिब ३ सय ५ करोड भारतीय रुपैयाँ वैदेशिक लगानीका लागि अनुमति दिएको थियो । राजस्व विभागले त्यो लगानी भित्र्याउँदा सम्पत्ति शुद्धीकरण गरेको र वैदेशिक लगानीसम्बन्धी कानुनहरूको उल्लंघन गरिएको तथ्य फेला पारेको थियो । त्यसको ६ वर्ष पछि आईएनएक्स मिडियासँग चिदम्बरमका छोरा कार्ति चिदम्बरमको कम्पनीको पनि सम्बन्ध भएको खुलेको थियो ।

    पछि सीबीआईसँगको बयानमा इन्द्रानीले कार्ति चिदम्बरम र आफूहरुबीच वैदेशिक लगानी स्वीकृतिका लागि १० लाख डलरको डिल भएको बताएकी थिइन् । इन्द्रानीको बयानपछि सीबीआईले कार्त्ति चिदम्बरमलाई पनि पक्राउ परेको थियो । पछि ईडीले कार्ति चिदम्बरमको करिब ५४ करोड भारुको सम्पत्ति आईएनएक्स मिडिया डिलसँग जोडिएको दाबी गर्दै अनुसन्धान अगाडि बढाएको थियो । त्यसपछि ईडी कार्यालयले पी चिदम्बरमलाई पनि पटकपटक सोधपुछ गरेको थियो ।

    भारतीय सञ्चारमाध्यमहरुले इन्द्रानीलाई उद्धृत गर्दै चिदम्बरमले आफ्नो छोरा कार्तिलाई व्यवसायमा सहयोग मागेको उल्लेख गरेका छन् । अनुसन्धान निर्देशनालयलाई दिएको बयानमा आइएनएसकै सम्बन्धमा आफूहरुले चिदम्बरलाई तीनपटक भेटेको र उक्त भेटमा वैदेशिक लगानी स्वीकृत गरिदिएको बद्लामा चिदम्बरमले छोरा कार्तिलाई विदेशमा भएको पैसा भारत भित्र्याउन सहयोग गर्न आग्रह गरेको समेत उनीहरुले बयान दिएको छन् । यद्यपी उनीहरुको यो आरोपलाई चिदम्बरम र उनका छोरा कार्तिले अस्वीकार गर्दै आएका छन् ।

    साथै कार्तिले सहयोगका लागि आफूहरुसँग दश लाख डलर मागेको र उक्त रकम विदेशस्थित आफ्नो वा नजिकको व्यक्तिको खातामा जम्मा गरिदिन समेत भनेको उनीहरुले दावी गरेका छ्न । पछि इन्द्रानीका श्रीमान पिटरले त्यो नमानेपछि कार्तिले अन्य दुई वटा कम्पनी चेस म्यानेजमेन्ट र एडभान्टेज स्ट्राटेजिक कन्सल्टिगं प्राइभेट लिमिटेड ९एएससिपिएल० को नाम दिएको उनीहरुको बयानमा उल्लेख गरेको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । त्यसपछि कार्तिको उक्त आग्रह बमोजिम आफूहरुले पहिलो किस्ताबापत दश लाख भारु एएससिपिएलको खातामा सन् २००८ मा जम्मा गरेको समेत उनीहरुले खुलाएका छन् ।

    सीबीआईले चिदम्बरलाई बुधबार साँझ दिल्लीको जोरबागस्थित निवासबाट पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्नका लागि चिदम्बरमको घर पुगेका सीबीआईका अधिकारीहरुले निकै कसरत गर्नु परेको थियो । निवासको मूलढोका नखोलिएपछि उनीहरु पछाडिको ढोकाबाट प्रवेश गरेका थिए । सीबीआईका केही अधिकारीहरु त पर्खाल नाघेर समेत भित्र पसेका थिए ।

    त्यसअघि चिदम्बरमले आफूमाथि सीबीआईले आरोप निराधार भएको भन्दै आरोपलाई खारेज गर्न माग गर्दै दिल्ली उच्च अदालत गएका थिए । तर, मंगबालर उच्च अदालतले उनको माग अस्विकार गरेको थियो । त्यसपछि सीबीआई र प्रवर्तक निर्देशनालय ९इनफोर्समेन्ट डाइरक्टरेट–ईडि० को टोलीले चिदम्बरमलाई पक्राउ गर्न खोजी शुरु गरेको थियो । त्यसका लागि मंगलबार दुई पटकसम्म उक्त टोली उनको निवास पुगेको थियो । तर, उनलाई फेला पार्न सकेको थिएन ।

    बुधबार बिहान चिदम्बरम पक्षका वकिलहरुले उनी प्रतिष्ठित राजनीतिज्ञ र पूर्व मन्त्री समेत भएकाले विदेश भााग्ने सम्भावना नरहेको भन्दा जमानतका लागि सर्वोच्च अदालत गएका थिए । तर, सर्वोच्चले मुद्दाको चापका कारण उनको मुद्दाको सुनवाई शुक्रवार अघि हुन नसक्ने आदेश दिएपछि चिदम्बरम पक्राउ पर्ने निश्चित ठानिएको थियो । बुधबार साँझ कंग्रेस पार्टीको केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चिदम्बरमले आईएनएक्स मिडिया प्रकरणमा आफ्नो संलग्नता नरहेको दावी गरेका थिए ।

    उक्त पत्रकार सम्मेलनपछि उनी आफ्नो निवास पुगेका थिए । चिदम्बरम आफ्नो निवास पुगेलगत्तै सीबीआई र ईडीको टोली उनलाई पक्राउ गर्न त्यहीँ पुगेको थियो । निवास प्रवेश गरेको करीब आधा घन्टापछि सीबीआई र ईडको टोली चिदम्बरमसहित बाहिर निस्केको थियो । बिहिबारको अदालतको आदेशपछि चिदम्बरम कम्तिमा पनि सोमबारसम्म सीबीआई मुख्यालयमै रहने छन् ।

    चिदम्बरमको गिरफ्तारीलाई लिएर यहाँको घरेलु राजनीतिमा आरोपप्रत्यारोप शुरु भएको छ । विपक्षीहरुले भारतीय जनता पार्टीले चिदम्बरमलाई पक्राउ गरेर राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् । कंग्र्रेसका नेता राहुल गान्धीले चिदम्बरमलाई पक्राउ गरेर मोदी सरकारले चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् । ‘मोदी सरकारले ईडी, सीबीआई र केही सन्चारमाध्यमहरुलाई चिदम्बरमको चरित्र हत्या गर्न प्रयोग गरिएको छ । सत्ताको दुरुपयोगको घोर भत्सर्ना गर्छु’ गान्धीले ट्विटमा भनेका छन् । त्यसैगरी पश्चिम बंगालकी मुख्य मन्त्री तथा त्रिणमुल कंग्रेसकी प्रमुख ममता बनर्जीले पूर्व गृह तथा अर्थमन्त्री चिदम्बरमलाई जसरी गिरफ्तार गरिएको छ त्यो निकै नै निराशाजनक भएको बताएकी छिन् । उनले बिहिबार वक्तव्य जारी गर्दे देशको लोकतन्त्रले गुहार मागिरहेका बेला अदालत मद्दत गर्न तयार नभएको आरोप समेत लगाएकी छिन् । मुखर्जी दम्पती छोरी शिना बोराको हत्या गरेको आरोपमा थुनामा छन् । कान्तिपुरबाट ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…