• उर्लाबारी। वक्राह–नुनसरी खोला पश्चिमका वासिन्दाले मोरङको मिक्लाजुङ गाउँपालिकाको सेवा केन्द्र स्थापना गर्न माग गरेका छन् ।
    उनीहरुले वक्राह–नुनसरी खोला पश्चिमको स्थानमा सो गाउँपालिकाको सेवा केन्द्र स्थापना गर्न माग गरेका हुन् । सेवा केन्द्र स्थापना नगरे चरणबद्ध आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् । साविक टाँडी, जाँते, रमितेखोला र पश्चिम मधुमल्लाका वासिन्दाले यस्तो माग गरेका हुन् । हाल मिक्लाजुङ गाउँपालिका वडा नं.१,२,३,४,५ र ६ नम्बर वडाका आधा भागका वासिन्दाले भौगोलिक कठिनाई देखाउँदै वक्राह–नुनसरी खोला पश्चिमको स्थानमा गाउँपालिकाको सेवा केन्द्र स्थापना गर्न माग गरेका छन् । उनीहरुले वक्राह–नुनसरी खोला पूर्वभन्दा पश्चिमतर्फ गाउँपालिकाको बहुमत जनता रहेको दाबी समेत गरेका छन् ।



    सेवा केन्द्र स्थापनाका लागि भगिरथ अर्याल संयोजकत्वमा १३ सदस्यीय संघर्ष समिति गठन गरिएको छ । सो समितिले आज मिक्लाजुङ गाउँपालिकामा सेवा केन्द्र स्थापनाको माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् । आफूहरुको माग पुरा नभए गाउँपालिकाको कार्यालय घेराउ गरी तालाबन्दी गरिने संघर्ष समितिका सदस्य महेन्द्र थेगीमले बताउनुभयो । हरेक विकास निर्माणका सम्झौताका लागि मधुमल्ला आउनुपर्ने र रमितेखोलाबाट मधुमल्लासम्म आवतजावत गर्न पुरै एकदिन लाग्ने रमितेका ठगेन्द्र श्रेष्ठले बताउनुभयो । वक्राह–नुनसरी खोला पश्चिमतर्फ रहेका वडा कार्यालय निश्क्रय रहेकाले त्यस क्षेत्रका वासिन्दालाई कठिनाई भइरहेको उहाँले बताउनुभयो । मिक्जाजुङ गाउँपालिकाका अध्यक्ष देवी आचार्यले जनतालाई पायक पर्ने स्थानमा सेवा–सुविधा दिन तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले पायक पर्ने स्थानमा भौतिक पूर्वाधार तयार गरी कार्यालय स्थापना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    तस्बिर सौजन्य महेन्द्र थेगिम

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…