• काठमाडौँ — 'आत्महत्या दुरुत्साहन' मुद्दाका अभियुक्त रवि लामिछाने र युवराज कँडेलको बयान सोमबार हुने भएको छ । तीनमध्ये एक अभियुक्त अस्मिता कार्कीको बयान आइतबार सकिएको छ । उनको जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा बयान भएको थियो ।

    लामिछाने र कँडेलको बयान भने समय नपुगेकोले सोमबारलाई सरेको अदालतले जनाएको छ। बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ।

    पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा लामिछाने, कँडेल र कार्कीविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सकेर आफ्नो रायसहित फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा आइतबार दिउँसो बुझाएपछिलामिछानेसहित तीनै जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो।

    पुडासैनी चितवनको एक होटलमा दुई साताअघि मृत अवस्थामा भेटिएका थिए।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …