बाहुण्डाँगी । नेपाल जेसीजको क्षेत्र ख को क्षेत्रीय सम्मेलन उत्कृष्ट नमुनाका साथ शनिवार हेटौँमा सम्पन्न भएको छ ।
वस्तीपर जेसीजको आतिथ्यतामा भएको सम्मेलनमा क्षेत्र ख तथा देशभरका करिब ६ सय जेसीज युवाहरुको सहभागिता रहेको थियो ।
प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणी पौडेलले शुक्रवार सम्मेलनको उद्घाटन गर्नु भएको थियो ।
सम्मेलनमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेल, सांसद इन्द्रबहादुर बानियाँ, सांसद रामनारायण विराडीलगायतका विशिष्ट व्यक्तिहरुले सम्बोधन गर्नु भएको थियो ।
सम्मेलनको थिम सेमीनारका लागि सांसद प्रल्लाहद लामिछाने, सांसद राजेन्द् लिङ्देन, डिना उपाध्ययले राइज टु लिडका विषयमा बहस गरेका थिए ।
सम्मेलनमा हुने निरन्तरको सेडुल अनुसार गरिएको हरेक कार्यक्रमहरु उत्कृष्ट रुपमा सम्पन्न भएका थिए ।
क्षेत्र ख सम्मेलनको अर्काे वर्ष वालिङ जेसीजले आयोजना गर्ने अवसर पाएको छ । सम्मेलनमा चन्द्रनिगापुर सिटी जेसीज र वालिङले बिट गरेका थिए ।
चन्द्रनगापुर सिटीले वालिङलाई आउँदो सालको सम्मेलन गर्ने अवसर दिएको हो ।
सम्मेलन सफल पार्नका लागि साथ र सहयोग गर्ने सबैमा सम्मेलन निर्देशक गणेश भेटवालले आभारसहित धन्यवाद व्यक्त गर्नु भयो ।
शाखा अध्यक्ष सुनिल अधिकारीले नेपाल जेसीजले दिएको जिम्मेवारीलाई सबैको साथ र सहयोगमा उत्कृष्ट रुपमा सम्पन्न गर्न सफल भएकोले आउँदा वर्षहरुमा महाधिवशन समेत गर्न सक्ने आत्माबल बढेको बताउनु भयो ।
आतिथ्यता शाखा वस्तीपुरले शाखा अध्यक्ष, नेपाल जेसीजका बोर्डका पदाधिकारी, अतिथिहरुलाई मकवानपुरको पहिचान ठेकी मायाको चिनोका रुपमा प्रदान गरेको थियो । यसैगरी सम्मेलन सफल पार्नका लागि मकवानपुरमा रहेका छिमेकी शाखाहरुले खेलको भूमिकालाई उच्च कदर गर्दै ५ वटा छिमेकी शाखालाई सम्मान गरिएको थियो । वस्तीपुरको मातृ शाखा हेडौँडा जेसीजका अध्यक्ष सन्देश डिसी, हेटौँडा लेडी जेसीजकी अध्यक्ष सुष्मा खरेल, बसामाडी जेसीजका अध्यक्ष सरोज अधिकारी, पालुङ जेसीजका कुमार नागीलाई सम्मान गरिएको थियो ।