काठमाडौं । अहिले चितवनमा तनाब सुरु भएको छ । आज सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनाको अन्तिम फैसला आउँने भनिएको छ । अर्को तर्फ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको चितवन बन्दको प्रभाव सामान्य परेको छ ।
जिल्लामा छोटो दुरीका सवारी साधन निर्वाध रुपमा चलिरेहका छन् भने नारायणगढ पुल्चोकबाट छुट्ने लामो दुरीका सवारी साधन पनि फाटट फुट्ट चलीरहेको हाम्रा सहकर्मी केदार र्शमाले जनाकारी दिनुभयो । बन्दका कारण शिक्षण सस्था खुल्न सकेन भने बजार तथा पसल पनि बन्द भएका छन् । राज्यले ज्यादाती, दमन र अत्याचार गरेको भन्दै विप्लवले आज चितवन बन्दको आह्वान गरेको हो ।
राप्ती नगरपालिकाको ओहोलेवाङ्गमा जनताको प्रत्यक्ष सहभागीतामा निर्माण भईरहेको सहिद स्मृति प्रतिक्षालय भत्काएर भ्रष्ट जनप्रतिनिधीले जनतामा त्रास फैलाउने काम गरेको विप्लवले शुक्रबार निकालेको बिज्ञप्तीमा उल्लेख गरिएको थियो । विगत झण्डै दुई साता देखि रवि समर्थकहरु चितवनमा विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।