• झापा , १२ पुस  : दुबै मृगौला ड्यामेज भएर उपचारको क्रममा रहेकी बरुण सप्ताहिककी सम्पादक माया पकुवालले सहयोगका लागि अपील गरेकी छिन् । भद्रपुरबाट प्रकाशित हुने सप्ताहिककी सम्पादक पकुवालको मृगौला प्रत्यारोपणका लागि रकम अभाव भएका कारण सहयोगको अपील गरेकी हुन् ।पकुवाल बुधबार विहान मात्र झापाबाट काठमाडौंको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपणका लागि गएकी छिन् ।

    पकुवाललाई उनका जेठाजु सौरव प्रधानले एउटा मृगौला दिने भएका छन् । ‘जेठाजुको मृगौला म्याचिङ हुन्छ हुँदैन थाहा छैन’, उनले भनिन्–‘यदि उहाँको भएन भने दाजु र श्रीमान पनि दिन तयार हुनुहुन्छ ।’ उनले मृगौला दिन व्यक्ति तयार भए पनि उपचारमा लाग्ने रकमको समस्या रहेको बताइन् ।

    १५ बर्षदेखि झापामा रहेरै पत्रकारिता गर्दै आएकी ४६ बर्षीया पकुवालको मृगौलामा गत बैशाखदेखि समस्या आएको उनका पति सञ्जय श्रेष्ठले बताए ।टाउको दुख्ने र रिङ्टा चल्ने समस्या आएपछि २०७४ बैशाखमा पकुवाल धरानस्थित वीपी मेमोरियल अस्पतालमा उपचारका लागि गएकी थिइन् । उपचारमा संलग्न चिकित्सकले मृगौलामा समस्या देखिएको बताउँदै उनलाई औषधि खान सुझाव दिएका थिए ।

    औषधिले काम गर्न छाडेपछि उपचारमा संलग्न चिकित्सकले मायालाई मृगौला प्रात्यारोपण गर्न सल्लाह दिएको पति सञ्जयले बताए । चिकित्सको सल्लाह बमोजिम नै भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपणका लागि माया गएकी छिन् ।

    हालसम्म ५ लाख बढी रुपैयाँ खर्च भइसकेको मायाको उपचारमा सहयोगका लागि परिवारले अपील गरेको छ । उनको उपचारमा १२ लाख रुपैयाँ खर्च लाग्ने पति सञ्जयले बताए ।

    नारी सञ्चार गृहको सयोग

    बरुण सप्ताहिककी सम्पादक माया पकुवाललाई नारी सञ्चार गृह झापाले १० हजार रुपैयाँ उपचारका लागि आर्थिक सहयोग गरेको छ ।उपचारमा सहयोग पुर्याउने उद्देश्यले नारी सञ्चार गृह झापाले बुधबार विहानै उनको निवासमा पुगेर सहयोग रकम प्रदान गरेको हो ।

    सञ्चार गृहकी सदस्य समेत रहेकी मायालाई संस्थाकी अध्यक्ष सावित्रा दाहाल, सचिव अम्बिका भण्डारी, कोषाध्यक्ष सुशीला संग्रौला, सदस्यद्वय रेजिना गौतम र लीला अनमोलले सहयोग रकम हस्तान्तरण गरेका थिए ।

    सञ्चार गृहले सामाजिक सञ्जालमार्फत उनको उपचारका लागि अपील गरेको छ । १५ बर्षसम्म गरीब दुःखी र निमुखाहरुको उपचार नपाएर छट्पटाइरहेका विरामीको समाचार लेखेर उपचारका लागि सहयोग पुर्याउने मायालाई आज उनकै उपचारका लागि सहयोग गरिदिनु हुन सम्पूर्ण सरकारी तथा गैर सरकारी संघसंस्था लगायत इच्छुक व्यक्तिलाई सञ्चार गृहले हार्दिक अपील गरेको छ ।

    साथै मायाको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले नै गोर्खा टेलरिङ सेन्टर विर्तामोडका प्रोपाइटर विरु दर्नालले पाँच हजार रुपैयाँ दिने भएका छन् । उनले सञ्चार गृहकी सचिव अम्बिका भण्डारीलाई सम्पर्क गरेर सो रकम बुझिदिन समेत आग्रह गरेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…