• चितवन । शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोप लागेका संचारकर्मी रवि लामिछाने र युवराज कँडेललाई बयानका लागि जिल्ला अदालतमा उपस्थित गराइएकाे छ । अदालतले आज उनीहरुकाे बयान लिँदैछ ।

    तीन जना प्रतिवादीमध्ये अस्मिता कार्कीको आइतबार नै बयान लिइसकिएको छ । लामिछाने र कँडेलको आज बयान सकिएपछि अदालतमा वादी र प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् ।

    थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ । तिनैजना विरुद्ध आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको थियो ।

    रवि लामिछाने निर्दोष रहेको दाबीसहित फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले चितवनमा दिनदिनै प्रदर्शन गरिरहेका छन् । प्रदर्शन चर्कर्दै गएपछि स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण प्रदर्शनमा उत्रेका छैनन् । प्रहरीले बजार क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ ।


    भरतपुरसहित आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार बिहान ६ बजेदेखि नै लागू हुने गरी भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा प्रदर्शन गर्न निषेध गरेको छ । निषेधाज्ञाबारे प्रहरीले बजार क्षेत्रमा माइकिङ गरिरहेको छ ।

    स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क बमोजिम सोमबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि एकै ठाउँमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी प्रशासनले आदेश जारी गरेको हो ।

    शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र रुकु कार्की विरुद्ध जिल्ला अदालत चितवनमा आइतबार मुद्दा दर्ता भएको थियो । जिल्ला सरकारी वकिल कार्यालय चितवनले उनीहरू विरुद्ध मुद्दा दर्ता गराएको हो ।

    प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…