• चितवन, ९ भदाै । जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञासँगै प्रहरी प्रशासनले बिहानैदेखि सर्वसाधारणमाथि बल प्रयोग गर्न थालेको छ ।

    प्रशासनले जारी गरेको निषेधाज्ञा मौलिक हक विपरीत रहेको भन्दै विरोध भैरहेको बेला प्रहरीले अदालतको आसपास भएर हिँड्ने सर्वसाधरणमाथि बल प्रयोग गरिरहेको छ । मालपोतचोकबाट चौबिसकोठीतर्फ जाने बाटोमा बाटो बलक गरेर बसेका प्रहरीले सवारी साधनमा त्यस क्षेत्रमा हिड्न दिने त कुरै भएन, पैदलयात्रीलाई समेत बल प्रयोग गरेर साे बाटाे प्रयोग नगर्न भन्दै कडाइ गरेकाे छ ।

    संविधानमा भएको मौलिक हकअन्तर्गत धारा १७ मा स्वतन्त्रताको हक छ, जसमा विचार र अभिव्यक्ति, विना हातहतियार शान्तिपूर्वक भेला र प्रदर्शन गर्न पाउने स्वतन्त्रताको अधिकार दिएको छ । तर चितवन जिल्ला प्रशासनले भने मौलिक हकलाई समेत नजर अन्दाज गरी शान्तिपूर्वक भेला हुन समेत निषेध गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार राति जारी गरेको एक आदेशमा सोमबार बिहान ६ बजेदेखि लागू हुने गरी भेला र प्रदर्शनमा रोक लगाएको छ । जारी आदेशमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ । तर जारी गरेको आदेशकाे समेत विपरीत गई प्रहरीले ५ एक्लै-दाेक्लै हिँड्ने पैदलयात्रीलाई हिड्नमा रोक लगाएको छ ।

    आइतबार जारी गरेको आदेशमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ९३० ‘क’को प्रयोग गर्दै सोमबार बिहान ६ बजेदेखि अनिश्चित कालका लागि चार किल्ला तोकेर प्रदर्शन गर्न र पाँचजनाभन्दा बढी भेला नहुन आदेश जारी गरेको हो । उक्त दफामा परिस्थितिजन्य अवस्थामा कसैलाई कुनै काम गर्न दिनबाट निषेध गर्ने उल्लेख गरिएको छ ।

    पत्रकार शालिकराम पुडासैनी प्रकरणका अभियुक्त रवि लामिछाने र युवराज कँडेलको अदालती बयान आज हुँदैछ । पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।

    सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै देशभर प्रदर्शन भइरहेको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानूनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा आइतबार पनि मुलुकका विभिन्न ठाउँमा स्वस्फूर्त रुपमा स्थानीयले र्‍याली र कोणसभा भएको थियो


सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…