चितवन । सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेलको न्यायको पक्षमा साथ दिन हाँस्यकलाकार द्वय हरिबंश आचार्य तथा मदनकृष्ण चितवन पुगेका छन् ।
सोमवार अपरान्ह चितवन पुगेका मह जोडीले जिल्ला अदालत परिसरमा रवि लामिछाने,दीपक बोहरा तथा युवराज कँडेलसँग भेट गरी न्यायको लडाइँंमा कत्ति पनि कमजोर नहुन ढाडस दिए ।
जिल्ला अदालत श्रेष्तेदारको कक्षमा भएको भेटमा मह जोडीले आत्महत्या दुरुत्साहनको ऐन संशोधन हुनुपर्ने समेत माग गरे ।
यसैबीच जिल्ला अदालत चितवनमा युवराज कँडेल र रवि लामिछानेको बयान सकिएकाे छ । बयान सकिए लगत्तै अदालतमा वादी र प्रतिवादीका वकिलहरुकाे बहस शुरु भएकाे छ । थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ।