• काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आ,त्मह,त्या प्रकरणमा प्रथम प्रमाण भनिएको भिडियोमाथि चितवन जिल्ला अदालतले प्रश्न उठाएको छ । जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको एकल इजलासले सोमबार जारी गरेको आदेशमा पुडासैनीले आ,त्मह,त्या गर्नुपूर्व खिचेको भिडियोबारे प्रश्न उठाएको हो ।आदेशमा भिडियो पुडासैनी आफैंले नभएर अरु कसैले खिचेको भनिएको छ । यसको मतलब हुन्छ आ,त्मह,त्या गर्नुपहिले पुडासैनीको कोठामा अरू कोही उपस्थित थियो ।

    अदालतको आदेशमा लेखिएको छ, ‘भिडियो रेकर्डको अन्त्यमा मृ’तक शालिकराम पुडासैनीले आफ्नो दुवै हात जोडेर आफ्ना बृद्ध बुबाआमा र पत्नीलाई आफूले आ,त्मह,त्या गर्नुको कारण र दुःखको पश्चाताप बोध गरी क्षमायाचना गर्दै दुवै हात जोडेर प्रणाम, दण्डवत गरेको अवस्थाले सो भिडियो आफैँले एक्लैले खिचेको भन्ने देखिएन।‘

    आदेशमा अगाडि भनिएको छ, ‘घटनास्थलमा मृ’तकबाहेक अर्को व्यक्ति पनि भएको अवस्थामा मृत्युकालीन घोषणापछि आ,त्मह,त्या गर्दा घटनास्थलमा रहेको अर्को व्यक्तिले निजलाई आ’त्मह’त्या गर्नबाट रोक्न, बचाउन‘’आदेशमा भिडियो खिचेको समय र आ,त्मह,त्या गरेको समय फरकफरक भएको पनि लेखिएको छ। भिडियो खिच्ने बेला अर्कै व्यक्ति भएको र उसले चाहेको भए बताउन सक्थ्यो भनेर पनि आदेशमा लेखिएको छ।

    भिडियोबारे थप भनिएको छ, ‘निजले घटनास्थलको सो कोठामा उपयुक्त उचाईको स्थानमा आफ्नो मोबाइल भिडियो रेकर्ड मोडमा स्थिर राखी भिडियो खिचेको हो भन्ने घटनास्थल मुचुल्का र बरामदी मुचुल्कामा मोबाइल त्यस्तो स्थानमा राखेको अवस्थामा भेटिएको भन्ने व्यहोरा उल्लेख भएको पनि देखिएन। अतः सो भिडियो रेकर्ड हुँदा निज शालिकराम पुडासैनीले अर्को कुनै व्यक्तिको सहयोगमा सो भिडियो रेकर्ड गरेको अवस्था देखिन्छ।‘

    पुडासैनीलाई आ,त्मह,त्या गर्न दुरुत्साहन गर्ने अभियुक्तहरू टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीका बारेमा चितवन जिल्ला अदालतले जारी गरेको आदेशमा उक्त कुरा लेखिएको छ। आदेशअनुसार रविलाई पाँच लाख, युवराजलाई तीन लाख धरौटी र अस्मितालाई साधारण ताखेमा छोडिएको छ।पुडासैनीले गत साउन २० गते चितवनको एक होटलमा आ,त्मह,त्या गरेका थिए। उनले आ,त्मह,त्या गर्नुपूर्व मोबाइलमा भिडियो रेकर्ड गरेका थिए। जसमा रवि, युवराज र अस्मिताले आफूलाई म’र्न बाध्य पारेको बताएका थिए।

    उक्त भिडियोको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। पुडासैनीले आ,त्मह,त्या गरेको १० दिनपछि चितवन प्रहरीले रवि, युवराज र अस्मितालाई काठमाडौंबाट पक्राउ गरेर अनुसन्धानका लागि चितवन लगेको थियो।प्रहरी अनुसन्धान र अदालतको बयान तथा थु’नछेक बहसका क्रममा १२ दिन प्रहरी हि’रासतमा बसेका तीनैजनालाई अदालतले रिहा गर्न भनेको हो । उनीहरूलाई असोज ५ गते तारेख पनि तोकिएको छ। रवि लामिछाने ५ लाख धरौटीमा , युवराज कँडेल ३ लाख र अस्मिता कार्की विना धरौटी रिहा भएका हुन् ।




























सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…