• काठमाडौं  । भावुकता तथा गंभीरता अनि खुसी र उमंगको समिश्रण नै जिन्दगीको परिभाषाभित्र पर्ने गर्दछ । त्यो परिभाषाभित्र अभिनय गर्ने धेरै कलाकारका खुसी र गम्भीरतामा अभिनय एकनाश नहुन सक्छन् । फरक परिवेश र फरक पहिचानमा ती कलाकारका अभिनयमा भिन्नता हुनु स्वभाविक मानिन्छ । यिनै स्वभाविकताभित्रकी एक फरक पहिचान बोकेकी कलाकार सुनिता ठाकुर पनि हुन् । विवाह अगाडि सुनिता श्रेष्ठको नामबाट चिनिएकी किन हो–कुन्नि विवाहपश्चात उनी पतिको पहिचानबाट चिनिन चाहिन् । सोही चाहना बमोजिम सुनिता ठाकुर बनेकी उनलाई यही नामको कारण धेरैले भारतीय अभिनेत्री भन्न चुकेनन् ।



    कति समयसम्म सुनिता ठाकुर नामकै कारण भारतीय पहिचान बोकेकी सुनिता ठाकुरलाई नेपाली कलाकार भनेर आफैँले आफैँलाई चिनाउन पनि कठिन भयो ।नेवार संस्कृति र कलामा हुर्केकी पाटनको ठेट नेवार परिवारकी छोरी भारतीय परिवारमा बुहारी बन्न पुग्दा कम्ता गाह्रो भएन ! त्यो सुनिताको मुखबाट यदाकदा फुत्त निस्कने कुरा हो । अन्तरदेशीय तथा अन्तरजातीय विवाहको स्वाद तथा बेस्वादमा आफ्नो प्रेमलाई सफल बनाउने यी कलाकार सुनिता ठाकुरले धेरै साना तथा ठूला चलचित्रमा अभिनय गरिसकेकी छन् । अझ रंगमञ्चीय नाटकका कुरासमेत गर्ने हो भने, सयौंको संख्यामा पुगिसकेको छ ।

    मैनाजस्तो स्वभाविक चलचित्रमा मानवअधिकारकर्मीको भूमिका, ‘व मिसा’ नामक नेपालभाषाको चलचित्रमा आमाको जीवन्त रोल, कथा काठमाडौंमा फरक भूमिका, ‘यो माया साइनो’लगायत धेरै चलचित्रमा धेरै टाइपका अभिनयमा जमिसकेकी सुनिता ठाकुरमा अभिनयको खानी नै रहेको छ । त्यो खानीलाई पहिचान गर्न सक्ने निर्देशकहरूले विभिन्न चलचित्रहरूमा उनको प्रतिभालाई उजागर पार्ने कार्य भएको छ ।

    यसो भएता पनि सुनिता ठाकुर चरित्र अभिनेत्रीको भूमिका बाट अभिनेत्री बन्न भने सकेकी छैनन् । त्यसमा उनको खासै कुनै गुनासो छैन् । चरित्र अभिनेत्रीमा जमेर अभिनय गर्नुको मज्जा त्यो अभिनेत्री यानी हिरोइनमा नहोला । त्यसको स्वाद राम्रोसँग नै थाहा भएर पनि होला, विभिन्न प्रलोभनमा आउने गरेका अभिनेत्रीका भूमिकालाई खासै मतलव गर्ने कार्य पनि उनीबाट भएको छैन् ।  यो उनीभित्रको स्वाभिमान र फरक क्षमता भन्नेहरूको पनि कुनै कमी छैन ।

    नेपाली तथा नेपालभाषाका चलचित्रको अलावा  हलिउडमा समेत अभिनय गरिसकेकी उनी अभिनयकी अब्बल नै हुन् । यसो भएता पनि अझै आफूले भनेजस्तो फरक क्षमताको फरक भूमिकामा अभिनय गर्न नपाएको गुनासो गर्ने उनीभित्रको यो असंतुष्टि अनि छटपटाहतले नै उनलाई उच्च बनाइरहेको उनी निकटवर्तीहरूको नै भनाइ रहेको छ ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…