• भाद्र ११, काठमाडौं । धरहरा पुनर्निर्माणका कारण सुन्धाराको गोश्वारा हुलाक विस्थापित भएको छ। गोश्वारा हुलाक डिल्लीबजारस्थित हुलाक विभागको भवनमा सरेको छ। गोश्वरा हुलाक ५० वर्ष अघिदेखि सुन्धाराबाट सञ्चालित थियो।

    हुलाक भवन भएका ठाउँमा धरहराको तीन तले अण्डरग्राउण्ड पार्किङ बन्ने छ। त्यहाँ १५ रोपनी जमिन र हुलाक कार्यलयको तीनवटा भवन छन्।

    अहिले हुलाकका भवन भत्काउन थालिएको छ। हुलाक सँगै धरहरामा जोडिएको नेपाल राष्ट्र बैंक अन्तर्गतको टक्सार विभाग पनि विस्थापन भएको छ। विभाग बबरमहलस्थित नेपाल औषधि लिमिटेडमा सर्दैछ। लिमिटेडलाई राष्ट्र बैंकले मासिक ४ लाख ७० हजार रुपैयाँ तिर्ने गरी सर्न लागेको हो। टक्सार विभागले भन्सार जफत भएका सुन, चाँदी संकलन गरी सिक्का बनाउँछ।

    निर्माणाधीन धरहराका कारण टेवालबाट निस्कने, सुन्धाराबाट आउने तथा हुलाकबाट आउने बाटो बन्द भएका छन्।

    बाटो बन्द भएपछि न्यूरोडको व्यापार कम भएको व्यापारीको गुनासो छ। व्यापार नभएको भन्दै व्यापारीले समयमै भाडा नबुझाएको भन्दै घरधनीले बाटो खुलाउन माग गरेका छन्। पुर्निर्माण प्राधिकरणले टेवाल हुँदै काठमाडौं मल छेउबाट टुडिँखेल अगाडि बाटो निकाल्ने तयारी गरेको छ।

    युरोपेली युनियनका विज्ञ राजुमान मानन्धरले बाटो खुलाउन काठमाडौं मलको केही जमिन लिने सहमति भएको जानकारी दिए। ‘बाटो खुलाउन काठमाडौं मल छेउको ९३७ वर्ग मिटर जमिन लिइने छ’ उनले भने, ‘त्यसबापत काठमाडौं मललाई अगाडिको ५२५ वर्ग मिटर जमिन दिने सहमति भएको छ।’

    मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि हुलाक भवनसँगै मल छेउका संरचना भत्काएर बाटो खोलिने उनले जानकारी दिए। २०७२ वैशाख १२ को भूकम्पले भत्काएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाइरहेको छ। प्राधिकरणले २०७५ पुस १२ मा जीआइटीसी रमन कन्सट्रक्सनलाई ३ अर्ब ८ करोडमा निर्माणको ठेक्का दिएको थियो। सम्झौता अनुसार २०७७ असोज १९ मा निर्माण सक्नु पर्छ। सम्झौतामा २२ तले धरहरासहित अन्डरग्रउण्ड तीनतले पार्किङ बनाउने सहमति छ। धरहरा पुनर्निर्माणको काम सुरु भएको ८ महिना बितिसक्दा पनि अन्डरग्राउण्डको एक तला मात्रै ढलान हुने चरणमा छ। अन्नपूर्णबाट ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…