• भाद्र ११, काठमाडौं । व्यवसायीले सादा पोसाकमा खटिने घुमुवा प्रहरीले आतंक मच्चाएको आरोप लगाएका छन् । घुमुवा प्रहरीको व्यवहारबाट आजित भएर व्यवसाय नै बन्द गर्ने अवस्था उत्पन्न भएको उनीहरूको भनाइ छ ।

    ऐन कानुनविपरीत प्रहरीले बिनाकुनै आधार व्यापारिक प्रतिष्ठानहरूमा पुगेर अनुगमनको नाउँमा तर्साउने र धम्काउने कार्य गरिरहेको धनुषा चेम्बर्स अफ कमर्सले आरोप लगाएको छ ।

    घुमुवा प्रहरीको यस्तो क्रियाकलाप रोक्न आफूहरूले प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई भेटेर ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको अध्यक्ष विजयकुमार साहले बताए । जनकपुर प्रदेशको राजधानी भएपछि आफूहरू उत्साहित भए पनि पछिल्लो समय प्रहरी प्रशासन र भन्सारबाट अनुगमन तथा निरीक्षणको नाममा व्यापारीहरूलाई तर्साउने कार्य भइरहेको साहको भनाइ छ । खास गरेर प्रदेश प्रहरी कार्यालयबाट खटिएका घुमुवा प्रहरीले जनकपुरधाम बजार क्षेत्रभित्र आतंक मच्चाएको उनले बताए ।

    भ्याट बिल हुँदासमेत घुमुवा प्रहरीले अनावश्यक पैसा माग्ने र नदिएको खण्डमा मालसमान नै नियन्त्रणमा लिई भन्सारलाई बुझाउने गरेको कमर्स अध्यक्ष साह बताउ“छन् । राजधानीबाट ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …