• भदौ ११, काठमाडौँ । सरकारले श्रमिकका लागि लागू गरेको न्यूनतम पारिश्रमिकलाई कार्यान्वयन गर्न यसको निरीक्षणलाई तिब्रता दिन थालेको छ । कारोबार दैनिकमा छापिएको समाचारअनुसार कतिपय प्रतिष्ठानले श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न नमानिएको देखेपछि अनुगमन तथा निरीक्षणलाई तिब्रता दिइएको हो ।कान्तिपुर दैनिकमा छापिएको समाचार अनुसार करिब दुई वर्षअघिदेखि अध्ययन सुरु भएको भनिएको ‘छायाँ बैकिङ’बारे अनुसन्धान अझै टुङ्गीएको छैन । राष्ट्र बैंकले छाया बैकिङबारे स्पष्ट स्पष्ट धारणा र विधि तय गर्न नसक्दा अनुसन्धान पुरा हुन नसकेको हो ।

    गत वर्ष वैशाखमा गभर्नर चिरञ्जीवी नेपालले छायाँ बैकिङको अध्ययन अन्तिम चरणमा रहेको बताएका थिए । उक्त घोषणा भएको डेढ वर्षसम्म पनि प्रतिवेदन सार्वजनिक नभएको हो ।

    त्यस्तै आजको अन्नपूर्ण पोस्टमा अंगकृत नागरिकताको विषयमा समाचार छापिएको छ । अन्नपूर्ण पोस्टका अनुसार विदेशी बुहारीलाई तत्कालै अंगीकृत नागरिकता दिने–नदिने भन्नेमा दलहरूबीच विवाद कायमै छ। नेपाली नागरिकसँग बिहे गरी आउने विदेशी बुहारीलाई तत्कालै नागरिकता दिनुपर्ने मधेस केन्द्रित दलको अडान छ भने छिमेकी भारतको जस्तो ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने पक्षमा सत्तासीन नेकपा र विपक्षी कांग्रेस छन्।

    वैवाहिक अंगीकृत नागरिकताको प्रावधानमा दलीय अडानका कारण संसद्को राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिले नागरिकता विधेयकमा अपूरो प्रतिवेदन समितिमा बुझाएको छ।

    नागरिकता सम्बन्धीकै समाचारलाई कान्तिपुर दैनिकले ‘नागरिकता विधेयकमा असहमति कायमैः उपसमितिले अपुरो प्रतिवेदन बुझायो’ शीर्षका समाचार छापेको छ । कान्तिपुरका अनुसार नेपाली नागरिकता विधेयकका विवादित प्रावधानलाई जस्ताको तस्तै राखेर गत चैतमा गठिन उपसमितिले राज्य व्यवस्था समितिमा मंगलबार अपुरो प्रतिवेदन पेश गरेको छ ।

    नागरिकता विधेयकका विवादित विषयमा सहमति नगरेकाले हजारौं सर्वसाधारण नागरिकता लिन बञ्चित भएको आवाज उठिरहेको बेला उपसमितिले निर्णय दिन नसक्दा झन अन्योल बढेको छ ।

    त्यसैगरी आजको कान्तिपुर दैनिकले ‘मेयरलाई भेट्न हाफ पाइन्ट निषेध’ शिर्षकमा किर्तिपुर नगरपालिकाको समाचार छापेको छ । कान्तिपुरका अनुसार किर्तिपुर नगरपालिकाले मेयर भेट्न आउनेलाई हाफ पाइन्ट तथा भड्किलो लुगा निषेध गरेको छ ।

    नगरपालिकाले भेटघाटलाई शिष्ट बनाउन मर्यादित पोशाक लगाएर आउन अनुरोध गरेको छ । नगरपालिकाले पोसाकसँगै व्यक्तिगत कामका लागि भेट्न आउनेलाई २ बजेपछि समय तोकेको छ ।

    हाफ पाइन्ट तथा भड्किलो लुगा लगाएर आउने क्रम बढेपछि यस्तो सूचना निकाल्नुपरेको नगरप्रमुख रमेश महर्जनले बताए ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…