• म्याग्दी : भनिन्छ ‘दुःखीलाई दुःखकै भारी।’ म्याग्दीकी एकजना सुत्केरी यस्तै दुःखको भारीले थिचिएकी छन्। अस्पतालमा शल्यक्रिया गरेर पहिलो सन्तानका रुपमा छोरा जन्माएकी बेनी नगरपालिका–५ पुलाचौरकी निशा सुवेदीले राम्रोसँग छोराको स्याहार गर्नु त परको कुरा धित मरुन्जेलसम्म काखमा लिन र दुध चुसाउन समेत पाएकी छैनन्। दुःख, सुखमा साथ दिने श्रीमान् सुत्केरी हुने समयभन्दा केही दिनअघि विदेश जानुको पीडा त थियो नै मिर्गौलामा खराबी देखिएपछि उनलाई निशालाई पीडा माथि पीडा थपिएको छ। बालकृष्ण आचार्य वैदेशिक रोजगारीका लागि कुबेत जाने तयारी गर्दा उनकी श्रीमती निशा सात महिनाको गर्भवती थिइन्। बेनीकै एक सहकारी संस्थामा काम गर्ने निशा गर्भवती भएपछि बालकृष्णसँगै बेनी अस्पतालमा पुगेर परीक्षण गरे। पहिलो सन्तानलाई स्वागत गर्न तयार रहेका बेला बालकृष्णलाई कुबेतको भिषा आयो। तर, उनी वैदेशिक रोजगारीका लागि कुबेत गए। निशा सहकारी संस्थामा काम गर्दै त्यहाँबाट आएको रकम सुत्केरीका लागि आवश्यकि रकम जोहो गर्न लान्।ि अस्पतालमा नियमित चेकजाँच गर्दै आइन्।

    तनहुँ बन्दिपुरका बालकृष्ण र बेनी नगरपालिका–५ पुलाचौरकी निशाले प्रेम विवाह गरेका थिए। बुबाको बेवास्तासँगै आमाको काखमा हुर्किएकी निशाले दुःखलाई नजिकबाट चिनेकी थिइन्। त्यही दुःखकष्टबाट मुक्ति पाउन बालकृष्ण विदेशिएका थिए। बालकृष्ण कुवेत पुगेको दुई महिनापछि गत साउन २ मा निशा बेनी अस्पतालमा सुत्केरी भइन्। साधारण प्रसूतिबाटै जन्माउने चिकित्सकको प्रयास सफल नभएप्छि अप्रेसन गरी शिशु निकालिएको थियो। यो खबर कुवेतमा रहेका बालकृष्णलाई तत्कालै पुग्यो। यसको करिब तीन घण्टापछि निशाको पिसाब नियमित नभएको र थप उपचारका लागि पोखरा लैजानु पर्ने खबरले बालकृष्णले पाए। अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा. नवराज वस्ताकोटी शिशु स्वस्थ भए पनि निशाको पिसाब नियमित नभएपछि थप उपचारका लागि आफै पोखरासम्म पुगे। पोखरा पुगेपछि निशालाई उपचारका लागि अझै ६ महिना अस्पताल राख्नु पर्ने बताइयो। ‘छोरीलाई अझै ६ महिनासम्म अस्पतालमै राख्नुपर्ने भएको छ,’ निशाकी आमा फुलु सुवेदीले भनिन्, ‘उपचारमा आर्थिक समस्या भएको छ।’

    चिकित्सकका अनुसार निशाको मिर्गौलामा खरावी भएकाले नियमित औषधि सेवनसहित डाक्टरको निगरानीमै ६ महिना अस्पतालमा बस्नुपर्ने भएको छ। म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले बेनी अस्पतालका चिकित्सक डा. बस्ताकोटीको सिफारिसमा २५ हजार रुपैयाँ सहयोग गरेको छ। नियमित चेकजाँच, औषधि उपचार र मिर्गौलाको परीक्षणमा लाग्ने खर्चको अभावमा निशाले समेत अस्पतालबाटै सहयोगको याचना गरेकी छन्। डा. बास्ताकोटीका अनुसार निशाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ। उनले भने, ‘सुधार आएको छ, तर अझै ६ महिना हेर्नुपर्छ।’ २२ दिनमा अस्पतालमै न्वारन हिन्दु संस्कारअनुसार शिशु जन्मिएको ११ औं दिनमा न्वारान गर्ने प्रचलन छ। तर, निशाको शिशुको २२ दिनमा अस्पतालमै न्वारन गरिएको छ। न्वारन गरिए पनि शिशुले पर्याप्त हेरचाह पाएका छैनन्। आमाले पनि सुत्केरी अवस्थामा रोगसँग लड्नुपर्ने बाध्यता छ। बच्चालाई संक्रमण हुनसक्ने भन्दै चिकित्सकले सतर्कता अपनाउन आग्रह गरेका छन्। शिशु जन्मिको ६ महिनासम्म आमाको दूध खुवाउनुपर्ने भए पनि आमा बिरामी भएकाले समस्या भइरहेको छ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…