• ैन्यूज २४ का पत्रकार रवि लामिछाने विरुद्ध फेरी अर्काे मुद्धा दर्ता भएको छ । न्यूज २४ मा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँदै आएका लामिछाने विरुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले मिडिया काउन्सील नेपालमा उजुरी दर्ता गरेका हुन । उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछिको हत्याको विषयमा अतिरञ्जित गरेको भन्दै कार्बाहीको माग गरेका छन ।

    पत्रकार भण्डारीले लामिछानेलाई पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै मिडिया काउन्सिल समक्ष हदै सम्मको कार्बाहीको माग गरेका छन । स्मरण रहोस सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछाने ११ दिनको प्रहरी अनुसन्धान पार गर्दै चितवन जिल्ला अदालतको आदेश अनुसार पुडासैनी आत्महत्या प्रकरणमा ५ लाख धरौटी रकम बुझाएर छुटेका हुन ।

    पुडासैनी आत्महत्या प्रकरणमा अदालतले चाहेको समयमा उपस्थित हुनु पर्ने सर्त सहित उनी हिरासत मुक्त भएसँगै राजनीतिमा आउने संकेत गरेका छन । पत्रकार भण्डारीले मिडिया काउन्सीलमा दर्ता गराएको उजुरी पश्चात कार्यक्रम प्रस्तोता लामिछाने थप संकटले घेरिएका छन ।



     









सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …