• उर्लाबारी । मोरङको उर्लाबारीमा दुले चोरको विगविगी हुन थालेको छ । चाडपर्व नजिकिँदै गर्दा दुले चोरहरुको विगविगी बढेको हो ।
    बुधबार राती उर्लाबारी–६ स्थित चित्ररेखा आयुर्वेदिक औषाधलयमा करिब २ लाख रुपैयाँ बराबरको चोरी भएको छ । नगद १ लाख ५० हजारसहित सुनका गहना चोरी भएको सञ्चालक बिष्णु कार्कीले जानकारी दिए । इलाका प्रहरी कार्यालय उर्लाबारीको १ सय मिटरमा रहेको चित्ररेखा आयुर्वेदिकमा पछाडीपट्टीको च्यानगेटको ताला फुटाएर चोरी गरिएको छ । त्यस्तै, उर्लाबारी–६ कै मोरङ मोरङ कलेजमा पनि बुधबार राती नै चोरीको प्रयास भएको छ । दुई जना कलेजभित्र प्रवेश गरी चोरीको प्रयास गरेको सिसीक्यामेराको फुटेजमा देखिएको छ ।

    दराजलगायतमा क्षति पुगेको भएपनि चोरी नभएको विद्यालयका प्रबन्धक निर्देशक यादब भण्डारीले जानकारी दिए । यता इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले चाडपर्वको मौका छोपेर दुले चोर सक्रिय भएकाले रात्रिकालिन गस्ती बढाएको बताएका छन् । चोरीमा संलग्नको समेत खोजी कार्य तीब्र पारेको उनले जानकारी दिए । केही चोरीका घटनामा संलग्नलाई पक्राउसमेत गरेको उनले जानकारी दिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…