• भैरहवा ग्ल्याडीयटर्स टीभिएस एभरेस्ट प्रिमियर लिग (इपिएल)टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    आज(बिहिबार) भएको दोस्रो इलिमेटर म्याचमा  ललितपुर प्याट्रियट्स लाई ३ विकेटले हराउदै फाइनलमा प्रवेश गरेको छ । अब भैरहवाले  उपाधिको लागि विराटनगर वारियर्ससंग प्रतिस्पर्धा गर्नेछ ।

    त्रि वि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुर निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको सामान्य योगफल बनायो । उसको लागि जयकिसन कोल्सावालाले सर्वाधिक ४२ रन बनाए भने दिपेश भण्डारीले विस्फोटक ब्याटिंग गर्दै ९ बलमा २२ रन जोडे । त्यस्तै सन्नी पटेलले २४ र कप्तान ज्ञानेन्द्र मल्ले २० रन जोडी आउट भए ।

    भैरहवाको लागि पुनित मेहेराले २ विकेट लिए भने हरिशंखर शाह, आरिफ शेख र भुवन कार्कीको भागमा समान १-१ विकेट रह्यो ।१३३ रनको लक्ष्य लिएर मैदान उत्रेको भैरहवाले १९.३ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य भेट्टायो । उसको लागि प्रथम सलुन्केले ३२ रन बनाए भने रोहित कुमार पौडेलले १७ बलमा अविजित रहदै २८ रन बनाए । अन्तिम ओभरमा १३ रन चाहिएको बेला पौडेल पहिलो र दोस्रो बलमा लगातर २ छक्का प्रहार गरे भने तेस्रो बलमा १ रन लिंदै भैरहवालाई जित दिलाए र खेलको नायक बने |

    त्यस्तै भुपेन्द्र थापाले १९ र पुनित मिश्र १६ रन बनाई आउट भए । ललितपुरको लागि पवन सराफ, ललित राजबंशीले समान २-२ विकेट लिए भने सन्दीप लामिछाने र रशिद खानको भागमा समान १-१ विकेट रह्यो ।

    फाइनल खेल आगामी शनिबार हुनेछ 

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…