• बाहुण्डाँगी । धुलावारी जेसीजले आयोजना गरेको मेचीनगर स्तरीय अन्तर मावि वक्तृत्वकला प्रतियोगिताको उपाधी आदर्श माविका नवराज सुवेदीले जितेका छन् । बिहितवार इष्ट होराइजन मावि धुलावारीमा आयोजित हामी सकारात्मक प्रभाव पार्न सक्छौँ भन्ने विषयमा १५ जना प्रतिस्पधीलाई पछि पार्दै नवराजले उपाधी जितेका हुन् ।
    मेचीनगरका ९ वटा विद्यालयका १५ जना सहभागि प्रतियोगितामा कविशिरोमणी माविका शुष्मा तामाङ, दोस्रो धुलावारी माविकी चाँदनी अन्सारी तेस्रो र इष्ट होराइजनकी मल्लिका ओली सान्तवना भइन् । उपाधी सहित प्रथमलाई ३५००, दोस्रोलाई २५००, तेस्रोलाई १५०० र सान्तवनालाई नगद १००० प्रदान गरिएको थियो ।
    प्रतियोगिताको निर्णायकका रुपमा पुष्कर ढकाल, लिला अनमोल र विष्णुप्रसाद रिमाल रहनु भएको थियो ।
    शाखाका अध्यक्ष केशव पोखरेलको सभापतित्व तथा नगर शिक्षा प्रमुख होमनाथ भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि एरिया ए का थिम डाइरेक्टर अजय देव, इष्ट होराइजनका प्रिन्सिपल सञ्जिव राई, धुलावारी जेसीजका पूर्व अध्यक्ष पुनित वंशल, तेजप्रसाद चम्लगाई, मेचीनगर लेडी जेसीजकी अध्यक्ष मञ्जु खनाललगायतको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक विनोद प्रधान, उपाध्यक्ष दिनानाथ भट्टराईको आस्थापाठ तथा र कार्यक्रमको सञ्चालन महासचिव डिल्लीराम भण्डारीले गर्नु भएको थियो । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…