• बाहुण्डाँगी । यहि भदौ २० र २१ गते नेपाल जेसीजको आयोजनामा हुने एरिया ए को क्षेत्रीय सम्मेलनका लागि शाखाहरुमा निम्तो बाड्ने कार्य सम्पन्न भएको छ ।
    भद्रपुर जेसीजको आतिथ्यतामा हुने सम्मेलनका लागि सहभागिताको निमन्त्रणसहित एरिया ए का सबै शाखाहरुमा निमन्त्रणा गर्ने कार्य सम्पन्न भएका हो ।
    एरिया ए मा ३९ वटा शाखा रहेका छन् । जस मध्ये ३८ वटै शाखामा आतिथ्यता शाखा भद्रपुरको टोलीले निमन्त्रणा गरिसकेको शाखाका अध्यक्ष अनुज खतिवडाले बताउनु भयो । सम्मेलनलाई उत्कृष्ट रुपमा सफल बनाउन आतिथ्यता शाखा भद्रपुर जेसीज निरन्तर लागि परेको छ । सम्मेलनको करिब अनित्म तयारी भइसकेको सम्मेलन निर्देशक तथा शाखाका पूर्व अध्यक्ष बसन्त पोखरेलले बताउनु भयो । यो सम्मेलन एरिया ए का सबै शाखाहरुको भएकाले यसलाई सफल बनाउनकालागि सम्मेलनमा धेरै भनदा धेरै सहभागि भएर सफल बनाउन आतिथ्यता शाखाले अनुरोध गरेको छ । सम्मेलनमा सहभागि हुन नेपाल जेसीजका पदाधिकारीसहित विभिन्न जिल्लाका करिब ७ सयको सहभागिता रहनेछ ।
    यसैगरी सम्मेलनका लागि रजिस्ट्रेशनको कार्य पनि धमाधम भइरहेको सम्मेलन सचिव सोम ढुङ्गेलले बताउनु भयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…