• उर्लाबारी ।आरम्भ नाट्य डबली रतुवामाईले भाद्र १६ गते सोमबारका दिन रतुवामाईको सोमबारेमा वृहत तिज विशेष कार्यक्रम २०७६ को आयोजना गर्ने भएको छ । प्रतिनिधि सभा उपसभामुख डा. शिबमाया तुम्बाहाङफेको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा आरम्भले चेलीको व्यथा, महिला हिंसा र चेलीबेटी बेचविखनमा आधारित नितिक्षा नेपाली दारा लिखित अर्पित नेपाल दारा निर्देशित जनचेतनामुलक नाटक महसुस को मञ्चन गर्न लागेको हो । कार्यक्रममा खुल्ला नृत्य, हास्यव्याङ्य गायन ,विविध कार्यक्रमका साथमा रोचक रोचक प्रस्तुतिहरु प्रस्तुत हुने कुरा कार्यक्रम संयोजक हरि नेपालले जनाएका छन ।

    प्रतिनिधि सभा उपसभामुखको उपस्थिती हुने भएपछि आयोजकले व्यापक रुपमा कार्यक्रमको तयारी अगाडि बढाएको हो । तिजलाई विकृतिको रुपमा महिनौ अघिदेखी मनाउने परम्पराले समाजलाई वृकृतितिर धकेलेको भन्दै विशेष दिनमा मात्र तिजलाई मनाउनुपर्छ भन्ने सन्देश दिदै कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष समिर सुवेदीले बताएका छन । सुवेदीले नाटकका माध्यबाट चेलीका पिडाहरु प्रस्तुत गरिएको, चेलीबेटी बेचविखनका कुराहरु समावेश गरिएको हुनाले कार्यक्रमले समाजलाई शिक्षा प्रवाह गर्ने बताएका छन । विगतका दिनहरु देखी नै सामाजिक कार्यमा सक्रिय यो संस्थाले समाज रुपान्तरणका लागि कार्य गर्दै आएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…