• भाद्र १५, पथरी ।
    मोरङ्गको पथरी शनिश्चरे १ मा स्थापित दिदिबहिनी बचत तथा ऋण सहकारीले पुनः कविता पराजुलीले नेतृत्व हात पारेको छ ।
    शुक्रवार सम्पन्न चुनावी साधारण सभामा निकटतम प्रतिद्वन्द्वी निर्मला भट्टराईलाई भारी १ सय ४० मतान्तरले पराजित गर्दै पराजुली बिजयी भएकी हुन । पराजुली नेपाली काग्रेसकी नेतृ समेत रहेकी हुन ।
    कुल ५७८ मत खसेकोमा पराजुलीको पक्षमा ४३८ मत खसेको निर्वाचन संयोजक इन्दिरा नेपालले जानकारी दिईन ।
    निर्वाचनमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष कविता पराजुली र निवर्तमान लेखा संयोजक निर्मला (लक्ष्मी) भट्टराई गिरीबीच चुनावी प्रतिष्पर्धा भएको थियो चुनावी प्रतिष्पर्धामा बलियो प्रतिद्वन्दी मानिएकी भट्टराई भारी मतान्तरले पराजित भईन् ।
    काग्रेस नेतृ पराजुलीको मिजासिलो व्यावहार र समाजिक उत्तरदायित्व बोध गर्ने कार्यशैलीको प्रत्यक्ष असर यो चुनावी माहोलमा देखिएको छ ।
    अध्यक्षमा निर्वा्चित पराजुलीले अघिल्लो एक कार्यकाल समेत अध्यक्ष पदमा रहि सहकारी संचालनको अनुभव बटुलिसकेकी छिन् ।
    सहकारीका अन्य पदाधिकारीहरु भने निर्विरोध निर्वा्चित भैसकेका छन । ९ सय ६ जना शेयर सदस्य रहेको संस्थामा १ करोड ६७ लाख ७४ हजार ९ सय ४४ रुपैयाँ वचत निक्षेप, ९७ लाख ४१ हजार ९ सय रुपैयाँ शेयर पूँजी रहेको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …